कानून दिवश मनाइँदै

काठमाण्डु टुडे २०७१ वैशाख २६ गते ३:१८ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख –कानुन दिवस आज कानुन दिवस आज विभिन्न कार्यक्रम गरी देशभर मनाइदै छ ।

२००८ साल वैशाख २६ गते देशमा प्रधान न्यायालय स्थापना भएको दिनको संझनामा २०३१ सालदेखी कानुन दिवस मनाउदै आइएको छ । कानुन दिवसको अबसर पारेर राजधानीमा सर्बोच्च अदालतले आज दिउसो विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा दलका शीर्ष नेताहरुलाईपनि बोलाइएको छ ।

दिवसको अवसर पारेरे शुभ कामना दिदै प्रधानन्यायाधीश दामोदर प्रसाद शर्माले नेपालको अन्तरिम संविधान, २०६३ ले विधिको शासन र बहुलवादमा आधारित लोकतान्त्रिक मूल्यमन्यतालाई व्यवहारमा रुपान्तरण गर्ने गहन जिम्मेवारी न्यायपालिकालाई सुम्पे बमोजिम आफ्नो संवैधानिक दायित्व कुशलतापूर्वक निर्वाह गर्नेतर्फ न्यायपालिका सदा सजग र सचेत रहेको बताएका छन् ।

उनले न्याय सेवामा गुणस्तरीयता अभिवृद्धि गर्ने काममा न्यायपालिका जनताप्रति उच्च समर्पणभावका साथ सधंै प्रतिवद्ध रहिआएको उल्लेख गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us