तिगेलाले दिए विद्यालयलाई दुई लाख

काठमाण्डु टुडे २०७१ वैशाख २५ गते ६:२१ मा प्रकाशित

काठमाण्डु,  २५ वैशाख– विश्व नेपाली साहित्य महासंघका अध्यक्ष  विश्वासदीप तिगेलाले आफूले अध्ययन गरेको  धनकुटा हात्तीखर्क–६ स्थित भारती उच्च माविलाई छथर एक लाख ८७ हजार आर्थिक सहयोग गरेका छन् ।
हाल बेलायती सेनामा कार्यरत तिगेलाले उच्चमावि सञ्चालनार्थ  ५० हजार र विद्यालयको खेलकुद मैदानका लागि विद्यालयसांगै जोडिएको एक  रोपनी पााच आना जग्गा रु एक लाख ३७ हजार ८०० मा खरिद गरी विद्यालयलाई प्रदान गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिले सहयोगदाता तिगेलालाई दातामध्येबाट विद्यालय ब्यवस्थापन समितिमा पााच वर्षका लागि मनोनयन गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us