करिष्माको पारिश्रमिक कति ?

काठमाण्डु टुडे २०७१ वैशाख २२ गते ६:२१ मा प्रकाशित

karisham_manandharमनिष दाहाल,काठमाण्डु – ‘मान्छे बुढो भए पनि मन चै बुढो हुदैन’ भन्ने उखान धेरैले सुनेका छौ ।

नेपाली समाजमा धेरै मानिस छन् जो उमेर ढल्के पनि समाजका निकै महत्वपुर्ण व्यक्ति बनेर बसेका हुन्छन् । किनकी उनीहरु सगँ धेरै ज्ञान,गुनका कुरा हुन्छन् जो उनीहरु सगँ अझै पनि ताजा बनिरहेको हुन्छन् ।

नेपाली चलचित्र क्षेत्रमा धेरै बर्ष विताएका विपना थापा, निरुता सिंह , रुपा राना, मौसमी मल्ल,तृप्ती नाडकर,सारङ्गा श्रेष्ठ, कृष्टि मैनाली ,जल शाहा,गौरी मल्ल,मेलिना मानन्धर जस्ता नायिकाहरु नेपाली सिनेनगरीमा कुनै बेला निकै चलेका नायिका थिए । तर यति बेला उनीहरुको माग नै छैन चलचित्रमा ।

तिनै नायिकाहरुसँगै कलाकारीतामा लागेकी नायिका करिष्मा मानन्धरको माग भने अझै पनि चलचित्र क्षेत्रमा उतिक्कै छ । उमेर ढल्किदै गए पनि रुपले भने करिष्मालाई निकै साथ दिएको छ ।

खास उमेर बताउन नचाहने करिष्मा दर्शकले भने ४० देखी ५० को हाराहारीमा करिष्माको उमेर रहेको अनुमान लगाउछन् । हालका केही चर्चित कलाकार भन्दा करिष्माको माग अझै पनि कम छैन चलचित्रहरुमा ।

उनलाई चलचित्रमा खेलाउन धेरै निर्माताहरु तछाडमछाड गरे पनि करिष्माको रेटले निर्माताहरु नै आत्तिने गरेका छन् । धेरै बर्ष देखि चलचित्र क्षेत्रमा विताएकी करिष्मा अभिनयमा भने धेरै खारिएकी छिन् ।

उनले एउटा चलचित्र खेले बापत ४ देखी ५ लाख सम्म लिने गरेकी छिन् । जो अरु नायिकाहरु लिने रेट भन्दा १ गुनाले बढि हो । पछिल्लो समय चलचित्र ‘किन– किन’ को सफल्तापछि करिष्मा अरु चलचित्रको काममा व्यस्त रहेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us