सुविन लिम्वू बनिन् मिस नेपाल

काठमाण्डु टुडे २०७१ वैशाख १९ गते १३:२६ मा प्रकाशित

subin limbuयस वर्षको मिस नेपालको उपाधि सुविन लिम्बुले जितेकी छन्।

राजधानीको आर्मी अफिसर्स क्लबमा शुक्रबार सम्पन्न प्रतियोगितामा धरानकी  २३ वर्षीया लिम्बुले १८औ मिस नेपाल छानिएकी हुन्

मिस नेपाल अर्थको उपाधि बालाजु, काठमाडौंकी प्रिन्सा श्रेष्ठले हात पारिन। मिस इन्टरनेशनलको उपाधि पोखराकी सोनीराज भण्डारीले हात पारिन।

द हिड्न ट्रेजर आयोजक रहेको प्रतियोगिमा ‘फ्यान्टा मिस नेपाल २०१४’ की विजयीले एक लाख पाएकी छिन्। त्यस्तै फस्टरनर अप र सेकेन्ड रनर अपले क्रमश ६५ र ४० हजार जिते। यस्तै हरेक विधाका विजेताले १० हजार पाएका छन् ।

यो पटकको प्रतियोगितामा राजधानी बाहेक नुवाकोट, जनकपुर, पोखरा, झापा, चितवन, मोरङ, ललितपुर, रसुवा, पाँचथर, धरान, र नवलपरासीबाट आएका प्रनयना केसी, सोनी राजभण्डारी, अलिशा कुँवर, रजनीता भेटवाल, रश्मि अधिकारी, शितोष्णा बन, ऋचा भट्टराई, आस्था पोखरेल, सरला नेपाल, रश्मिता महर्जन, प्रियंका झा, प्रियंका भण्डारी, ग्रीष्मा बस्नेत, नमिता गुरुङ, सुविन लिम्बु, वर्षा राई, प्रिन्सा श्रेष्ठ, लाक्पा वाङ्मो तामाङ र नेहा बजाज भिडेका थिए।

यसअघि २०१२ मा सृष्टि श्रेष्ठले मिस वल्र्डको टप २० मा पुगेर चर्चा पाइन् भने २०१३ मा इशानी श्रेष्ठले टप टेनको फाइनलिस्ट ५ लिस्ट र ‘ब्युटी विथ अ पर्पस’ को उपाधि नै जितेर मिस वल्र्डमा नेपालको सम्भावना देखाइन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us