नेपाल र युएई आज भिड्दै, नेपाललाइ बदला लिने अवसर

काठमाण्डु टुडे २०७१ वैशाख १८ गते १:२७ मा प्रकाशित

काठमाण्डु , १८ वैशाख – एसियाली क्रिकेट काउन्सिल एसिसी प्रिमियर लिगअन्र्तगत नेपालले आफ्नो पहिलो खेलमा आज संयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्दै छ । मलेसियाको सेलङगोर टर्फ क्लव क्वालालम्पुरमा केहीबेरमा सुरु हुने छ ।

एसिसीले यसअघि एसियाका टेस्ट नखेल्ने एसोसिएट र एफिलिएट राष्ट्रका लागि ५० ओभरको एसिसी ट्रफी एलिट क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको थियो ।

सोही प्रतियोगितालाई परिमार्जन गरी एसिसीले यस बर्षबाट राउण्ड रोबिन लिगमा प्रिमियर लिग आयोजना गर्न लागेको हो ।

जस अनुसार नेपाल र युएई प्रतियोगिताका साविक बिजेता टोली हुन् । २६ असोज ०६९मा युएईमै सम्पन्न एलिट ट्रफीको यसअभिको संस्करणमा फाइनल खेल ‘टाई’ भएपछि नेपालले युएईसँग उपाधि बाँडेको थियो । सो प्रतियोगितामा नेपाली टोलीका लागि महत्वपूर्ण रह्यो ।

नेपालले प्रतियोगिताको सातौं संस्करणमा आएर पहिलो उपाधि जित्यो । साथै युएईविरुद्ध ५० ओभरको खेलमा पहिलो जितसमेत हात पार्न सफल रह्यो ।

संयोगवश सो प्रतियोगिताको उद्घाटन खेलमा पनि नेपालले युएईसँगै प्रतिस्पर्धा गरेको थियो ।

सारजहाँमा युएईलाई चार विकेटले पराजत गर्दै नेपालले ऐतिहासिक जित हात पारेको थियो ।

नेपाली टोलीले अन्तिम पटक न्युजिल्याण्डमा सम्पन्न ५० ओभरको खेलमा बिर्सन लायक प्रर्दशन ग¥यो । सो प्रतियोगितामा नेपाल युएईसँग पराजित भएको थियो । त्यसैको बदला लिन चाहन्छ नेपाल ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us