
अर्घाखाँची, १७ वैशाख – अर्घाखाँचीको नरपानीमा ५ मा बस दुर्घटनामा हुदाँ १३ जनाको मृत्यु भएको छ । २६ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु १ ख ६२३१ नम्बरको बस र बुटवलबाट सन्धिखर्कतर्फ जाँदै गरेको लु १ ख ७८२७ नम्बरको मिनीट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।