
काठमाण्डु, १७ वैशाख –एकीकृत माओवादी राष्ट्रिय सम्मेलनमा राष्ट्रियताबारे बहस हुने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक दस्तावेजमा राष्ट्रिय स्वाधिनताबारे महत्वका साथ उल्लोख गरेपछि त्यसबारे छुट्टै बहस हुने भएको हो ।
विराटनगरमा बिहीबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने दस्तावेज दाहालले भारतसँगका असमान सन्धि, सीमा समस्या र नेपालको आत्रिक मामलामा क्षस्तक्षेपको कुरा उल्लेख गरेको स्रोतले जनाएको छ ।
‘भारतसँगका असमान सन्धि खारेज, सीमा समस्या व्यवस्थापन, भारतसँगको व्यापार घटाउने नीति लिनुपर्छ’ दस्तावेज अ.श उद्धृत गर्दै स्रोतले भन्यो ‘त्यस्तै चीनसँग पनि नेपालको हितमा नयाँ सहमति आवश्यक छ । ’
दाहालले सञ्चारमा विदेशी लगानीबारे पछिल्लो बहसको प्रसंग उल्लेख गर्दै नेपालका केही गैरसरकारी संस्थामार्फत विदेशीले हस्तक्षेप बढाएको भन्दै आपत्ति जनाएका छन् । उनले दुई छिमेकी चीन भारतमाथि हस्तक्षेप गर्न नेपालको भूमि प्रयोग हुने खतरा भएको औल्याएका छन् ।
‘चीन र भारतमाथि हस्तक्षेप गर्न नेपालको भूमि प्रयोग गर्ने गुरुयोजना बन्दैछ’ प्रतिवेदनमा उल्लेख गरेका छन् ।
दाहालले यसमा सचेत हुन जरुरी छ भनेका छन् । उनले भारतसँग नेपालको व्यापार घाटा निरन्तर बढेको भन्दै त्यसबारे चीन, भारत र नेपालबीच नयाँ साझेदारी आवश्यक रहेको पनि उल्लेख गरेको कान्तिपुरले छापेको छ ।