
नेपालमा क्यासिनो पर्यटन निकै मौलाएको थियो । यो व्यवसायमा देखा परेका केहि समस्या र केहि विकृति यदि थिए भने तिनलाई सरकार, व्यावसायी र मजदुर तथा कर्मचारीको त्रिपक्षीय समिति बनाएर समाधान गर्नुपथ्र्यौ ।
तर सरकारले यहाँ एउटा बिरामी परेको मानिसलाई उपचार गर्न अस्पताल लैजानुको सट्टा उल्टै गैरजिम्मेवार भएर कात्रोमा बेरेर आर्यघाटमा लगि अर्धचेत अवस्थामा दाहसंस्कार गरेको छ ।
यतिबेला हामी क्यासिनो व्यावसायमा आश्रित मजदुरहरु भनिरहेका छौँ, हामी अर्धचेत अवस्थामै आगोले डढाएर खत्तम पारिएको लासको कुनै कोरा बार्ने छैनौं, हामी त्यो लाशको श्राद्ध गर्ने पनि छैनौं । हामीलाई अव उक्त नियतवश मारिएको लाशको उचित क्षति चाहियो र अर्धचेतमैं मार्नेलाई कडा भन्दा कडा कारवाही गरियोस् ।
क्यासिनो मजदुरको रोजगारी खोस्ने को ?
नेपालमा संचालित सवै क्यासिनोहरु विगत दुई हप्तादेखि पूर्ण रुपमा बन्द रहेका छन । पाँचतारे होटलहरुमा संचालित करिव १० वटा क्यासिनोहरु बन्द हुँदा त्यसमा प्रत्यक्ष रुपमा आश्रित १२ हजार तथा अप्रत्यक्ष रुपमा आश्रित एक लाख मजदुर तथा कर्मचारीहरु प्रभावित भएका छन । क्यासिनो बन्दका कारण शैक्षिक बेरोजगारको संख्यामा बृद्धि हुँदैछ भने खाडी मुलुकममा काम खोज्न जाने नेपालीहरुको संख्यामा बृद्धि गराउन वर्तमान सरकार उद्यत छ ।
नेपालमा रहेको बढ्दो बेरोजगारी समस्याले गर्दा धेरै नेपालीहरु विदेशीको दास बन्न बाध्य भएका छन् भने नेपालमा सानोतिनो भएपनि रोजागारी गर्दै राज्यलाई आफ्नो पारिश्रमिकबाट सिर्जति कर तिरेर जसोतसो जीवन गुजारा टार्दे आएका श्रमजीवी नेपालीको रोजगारी फेरी सत्ताको बागडोर सम्हालेका एमाले–काँग्रेसले खोसिदिएका छन् । १२ हजार नेपालीको रोजिरोटीको विषय रहेको क्यासिनो किन सरकारले बन्द गरेको हो ?
यो पुन संचालन गर्न सरकार र सरोकारवाला निकाय किन मौन रहेको छ ? सरकार भन्ने गर्छ,– क्यासिनो संचालहरुले राज्यलाई कर तिरेनन् त्यसैले क्यासिनो बन्द गर्नुको विकल्प थिएन । के यदि कुनै व्यवसायीले राज्यलाई कर तिर्दैन भने उसको व्यवसाय बन्द गर्ने हो कि उसलाई मुद्दा चलाएर वा कानूनी दायरामा ल्याई उसको जाय जेथाबाट कर असुल गर्ने ? यहाँ सरकारले क्यासिनो संचालकहरुलाई कानूनी दायरामा ल्याएर कर बापतको रकम असुल गर्नुपर्ने ठाउँमा गैर जिम्मेवार तवरले क्यासिनो बन्द गरेर बेरोजगार, गरिव र पीडित नेपालीहरुलाई रोगारको अवस्था सिर्जना गर्नुपर्ने ठाउँमा उल्टै रोजगारी खोस्ने सरकारको गैर जिम्मेवार नीति रहेको प्रस्ट हुन्छ ।
म यहाँ सरकारका मन्त्री तथा सरोकारवाला निकायलाई प्रश्न गर्न चाहान्छु । महोदय, यदि तपाईको सर्टको खल्ती उध्रियो भने तपाई त्यसलाई सिलाउनुहुन्छ या च्यातेर फ्याक्नुहुन्छ ? मलाई लाग्छ यदि तपाईको दुःख र पसिनाको कमाई त्यसमा छ भने र नेपालीको प्रतिनिधित्व गर्ने व्यक्ति हो भने तपाई त्यो खल्ती पक्कै पनि सिलाएर लगाउनुहुन्छ । तर यदि त्यो लुटेर र ठगेर कमाएको रकमले किनेको हो भने तपाईलाई त्यसको कुनै माया हुँदैन, तपाई त्यसलाई च्यातेरै फ्याक्नु हुन्छ ।
ठ्याक्कै त्यहि हो क्यासिनो संचालनमा रोक लगाउनु पनि । तपाई सरकारमा आम नेपाली जनताको पीर, समस्या समाधान गर्न जानुभएकै हैन । तपाई देशलाई आर्थिक दिशातर्फ उन्मुख गराउन सरकारमा गएकै होइन । र म यो पनि भन्न सक्छु कि तपाई त आफ्नो स्वार्थले मात्र पे्ररित हुनुहुन्छ । उटपट्याङका काम गरेर तपाईलाई चर्चामा आउन मनपर्छ, त्यसैले तपाई क्यासिनो बन्द गर्ने निर्णंयमा पुग्नुभयो । हामी देशलाई आर्थिक दिशातर्फ उन्मुख गराउने कुरा पार्टीका भातृ संस्थाले आयोजना गरेका हरेक कार्यक्रममा आफ्नो थेगो झैं भट्याउने गर्दछौं । तर भएका व्यवसायमा समस्या देखा परे भने समाधान गर्नुको सट्टा त्यसलाई बन्द उल्टै बन्द पो गर्छौ ।
नेपाल पर्यटकीय मुलुक हो । यहाँ आउने अधिकांश विदेशी पर्यटकहरु मनोरञ्जन लिनका लागि नेपाल आउँछन् । कति पर्यटक हिमालको दृष्य अवलोकन गर्छन् त कति चाहिं क्यासिनो खेल्नका लागि समेत आउने गरेको स्वयं विदेशीहरुले पटक पटक हामीसँगै भन्ने गरेका छन् । नियमित रुपमा एभरेष्ट क्यासिनोमा खेल्नका लागि आउने केहि भारतीय पर्यटकले नेपालमा क्यासिनो बन्द हुने हल्ला चल्नासाथ मसँग भनेका थिए,– नेपालमा यदि क्यासिनो बन्द भयो भने हामी बाँच्न पनि सक्दैनौं ।
कसरी दिन कटाउने होला ? उनीहरुको यो भनाईबाट पनि प्रस्ट हुन्छ कि नेपालमा क्यासिनो पर्यटन निकै मौलाएको थियो । यो व्यवसायमा देखा परेका केही समस्या र केही विकृति यदि थिए भने तिनलाई सरकार, व्यावसायी र मजदुर तथा कर्मचरीको त्रिपक्षीय समिति बनाएर समाधान गर्नुपथ्र्यौ । तर सरकारले यहाँ एउटा बिरामी परेको मानिसलाई उपचार गर्न अस्पताल लैजानुको सट्टा उल्टै गैरजिम्मवार भएर कात्रोमा बेरेर आर्यघाटमा लगि अर्धचेत अवस्थामा दाहसंस्कार गरेको छ ।
यतिबेला हामी क्यासिनो व्यावसायमा आश्रित मजदुरहरु भनिरहेका छौँ, हामी अर्धचेत अवस्थामै आगोले डढाएर खत्तम पारिएको लासको कुनै कोरा बार्ने छैनौं, हामी त्यो लाशको श्राद्ध गर्ने पनि छैनौं । हामीलाई अव उक्त नियतवश मारिएको लाशको उचित क्षति चाहियो र अर्धचेतमैं मार्नेलाई कडा भन्दा कडा कारबाही गरियोस् ।
यसैले नेपालमा विस्तारै बेरोजगारीका समस्यहरु हल गर्दै जानुपर्नेमा अन्धविश्वास तथा रुढिवादी ढंगले गलत ब्याख्या गर्दै क्यासिनो व्यवसाय नैँ बन्द गरिएको छ । सम्भावनाका ढोकाहरु फेरि वार्ता र सहमतिको माध्यमबाट उघार्नका लागि सबै राजनीतिक दल निकटका मजदुर संगठनहरु एक भई क्यासिनो संचालक तथा सरकारसँग आग्रह गर्नुको कुनै पनि विकल्प छैन ।