२० लाख खर्चेर प्रहरी भवन उद्‌घाटन

काठमाण्डु टुडे २०७१ वैशाख १६ गते १:३७ मा प्रकाशित

काठमाण्डु, १६ वैशाख– उपप्रधानमन्त्री वामदेव गौतमले सामान्य औपचारिक कार्यक्रममा समेत खर्चिलोसहभागिता जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको भवन उद्‌घाटन गर्न उनी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित सेनाको ‘एमआई १७’ हेलिकप्टरलिएर सोमबार बिहान त्यहाँ पुगे । त्यसको फाइदा उठाउँदै उनले छिमेकी जिल्ला प्यूठानको कार्यकर्ता भेलासमेत भ्याए ।

त्यहाँ पनि उनी प्रहरीमहानिरीक्षकलगायत प्रहरी वरिष्ठ अधिकारीहरूसँगै थिए । सरकार र विदेशी दातृसंस्थाको आर्थिक सहयोगमा २०७० वैशाखमा नै यसको निर्माण पूरा भएको थियो । तरभवन उद्घाटन गर्न ‘विशिष्ट व्यक्ति’ को समय नमिल्दा एक वर्षदेखि रोकिरहेकोथियो ।

जिल्ला प्रहरी कार्यालय उद्घाटनका क्रममा उनले स्थानीय सरकारी कार्यालयकाप्रमुखलाई भेटेका थिए । त्यसपछि उनले स्थानीय पार्टी कार्यालयमा गएरकार्यकर्तासँग भेटघाट गरे । त्यहाँबाट उनको टोली प्यूठान क्षेत्र नम्बर १मा कार्यकर्ता भेटघाटका लागि पुगेको थियो । त्यहाँ इलाकास्तरीय कार्यकर्ताभेटघाट कार्यक्रम थियो ।

उनी स्थानीय प्रहरी कार्यालयमा समेत पुगेनन् । ‘प्रहरीको भवन उद्घाटन भने पनि गृहमन्त्रीज्यूको भ्रमण पार्टीकोकार्यक्रममा सहभागी हुन आएजस्तो थियो,’ अर्घाखाँचीका एक सरकारी कर्मचारीलेभने, ‘भवन उद्घाटन जस्तो सामान्य काममा समेत भडकिलो ठाँट देखिएको थियो ।’ त्यहाँ भेटघाट र भाषण सकिएपछि उनीहरू प्यूठानमा नै रहेको स्वर्गद्वारीमन्दिर दर्शन गर्न हेलिकप्टर चढेर गएका थिए ।

मन्दिर दर्शनपछि गृहमन्त्री गौतमलगायत अन्य पोखरा हुँदै साँझ ६ बजेकाठमाडौं आइपुगेका थिए । नेपाली सेनाले जनाएअनुसार ३ घन्टाका लागिहेलिकप्टर भाडामा लिन पत्राचार भएको भए पनि दिनभर नै राखिएको थियो । सैनिकस्रोतका अनुसार उक्त हेलिकप्टर आयोजकले बेहोर्ने गरी उपलब्ध गराइएको हो ।

एक घन्टाको ४ लाख ९७ हजार २ सय ५० रुपैयाँ लाग्छ । गृहमन्त्री ४ घन्टाउडेका थिए । त्यसले १९ लाख ८९ हजार रुपैयाँ खर्च भएको छ । गृहमन्त्री गौतमयसअघि धादिङमा पनि हेलिकप्टर चार्टर गरेर पार्टीको कार्यक्रममा सहभागी हुनजाँदा विरोध भएको थियो ।

कार्यालय भवन, ब्यारेक र भान्सा घर सहितको भवनफिनल्यान्ड सरकार, स्विस डेभलपमेन्ट कर्पोरेसन र डीएफआईडीको आर्थिक सहयोगमा२ करोड ७२ लाख ५६ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको थियो ।  अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us