हार्ने डरले केन्द्रको मनोनित कोटामा

काठमाण्डु टुडे २०७१ वैशाख १६ गते १:१७ मा प्रकाशित

काठमाण्डु, १६ वैशाख– एकीकृत माओवादीका आधा दर्जन नेताहरु राष्ट्रिय सम्मेलनको प्रतिनिधि बन्न बञ्चित भएका छन् ।
maoist-flagनिर्वाचनमा जाँदा पराजय हुने डरले ती नेताहरुले केन्द्रबाट मनोनित प्रतिनिधिको कोटा रोजेका हुन् । पार्टी केन्द्रीय समितिले नेताहरुलाई जिल्ला नै तोकेर अनिवार्य निर्वाचित भएर आउनुपर्ने प्रावधान बनाए पनि आधा दर्जन नेताहरुले केन्द्रको मनोनित कोटा रोजेका हुन् । केन्द्रले महाधिवेशनका लागि २५ प्रतिशत प्रतिनिधि मनोनित गर्न पाउने व्यवस्था एमाओवादीले गरेको छ । आजको राजधानी दैनिकले लेखेको छ,
विशेष गरी काठमाण्डु र ललितपुरबाट प्रतिनिधि चुनिनुपर्ने केन्द्रीय स्तरका नेताहरु केन्द्रको मनोनित कोटामा बसेका छन् । यसरी केन्द्रको मनोनित कोटा रोज्नेमा केन्द्रीय सदस्य शशी शेरचन, सविना अर्याल, गंगा बेलवासे, सरिता डंगोल, खिमलाल देवकोटादेखि सल्लाहकार परिषद् अध्यक्ष एनके प्रसाईं, जेबी टुहुरे, नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, कानुन व्यवसायी चण्डेश्वर श्रेष्ठ र नन्दकुमार थापासम्म छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us