
सरीता प्रजापतिको स्वर रहेको संझनालाई जाली रुमाल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो काडमाण्डुमा सार्वजनिक गरिएको हो । गोबिन्द प्रसाद उपाध्यायको लिरिक्स, बिक्रम थापाको म्युजिक, गोपाल रसाइलीको एरेन्ज रहेको गीतको म्युजिक भिडियो भने बिधान कार्कीले गरेका हुन् । बिधान सिने पत्रकार हुन् । उनले पहिलो पटक म्युजिक भिभिणे निर्देशन गरेका हुन् । भिडियोमा बर्षा र किरणले अभिनय गरेका छन् । गीतको ललितपुरको गोदावरी र त्यस आसपासको क्षेत्रमा सुटिङ गरिएको थियो ।