
काठमाण्डुमा रेडियोका उपकरण बेच्ने संस्था धेरै छ । त्यसमा पनि ब्रान्डेड उपकरण पाइनै छाडेको छ । तर काठमाण्डुको नयाँ बानेश्वरमा रहेको सुस्मित इन्टरनेशनलले भने ब्रान्डेड उपकरण मात्र बेच्दै आएको छ ।
बेलायतमा निर्मित इडिस्टोन, एसबिएस बिडब्ल्यु ब्रोडकास्ट र इटालीमा निर्मित डिबी इलेक्ट्रोनिकका रेडियोमा लाग्ने उपकरणहरु मात्र सुस्मितले भित्र्याएको छ । नेपालका रेडियोहरुमध्ये ८० प्रतिशतमा सुस्मितले उपकरण बेचेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशील पोखरेलले आफूहरुले सधै ब्रान्डेड उपकरण मात्र बेच्ने गरेको दाबी गर्दे डुब्लिकेट उपकरण जडान गर्दा कतिपयहरु हैरान भएर आफूहरुबाटै उपकरण लैजाने गरेको बताए ।