मध्यरातमा प्रधानसेनापति अमेरिका तिर

काठमाण्डु टुडे २०७१ वैशाख १४ गते १०:०४ मा प्रकाशित

gauravकाठमाण्डु, १४ वैशाख –  प्रधानसेनापति गौरवशम्शेर राणा आज अमेरिका प्रस्थान गरेका छन् । उहाँ गएराती त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानसेनापति राणालाई अमेरिका प्रस्थान गर्नुपूर्व सैनिक सम्मान स्वरुप एक सैनिक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

उनले आगामी १८ गते हुने अमेरिकी आर्मी कमान्ड एण्ड जनरल स्टाफ कलेजमा हुने एक अन्र्तराष्ट्रिय सम्मेलनमा भाग लिनेछन् । साथै उनले अमेरिकी सरकारका उच्च पदस्थ अधिकारीहरु र बरिष्ठ सैनिक अधिकारीहरुसंग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यस किसिमको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र अमेरिकी सेनाबीच रहंदै आएको पारस्परिक सौहार्दपूर्ण सम्बन्धलाई अझ मजबुद बनाउन एवं विस्तार गर्न थप मद्धत पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।प्रधानसेनापति राणाको अनुपस्थितिमा प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी पवन बहादुर पाण्डेले सम्हाल्नेछन् । प्रधानसेनापति राणा आगामी २९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us