नयाँ नियमावलीले प्रहरीलाई सुवधै –सुविधा

काठमाण्डु टुडे २०७१ वैशाख १४ गते १:१८ मा प्रकाशित

police_logoकाठमाण्डु, १४ वैशाख – नेपाल प्रहरीका सवै तहका कर्मचारीलाई सुवधा थप भएको छ ।

सेवा –सुविधामा हदैसम्मको अनुदार रहेको पुरानो नियमावली खारेज गरी पारित भएको नयाँ नियमावलीले प्रहरी कर्मचारीलाई सकेसम्मको सुविधा थपेको हो ।

लामो समयदेखि सेवा – सुविधामा ध्यान पुग्न नसकेको यथार्थलाई मध्यनजर गरी उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, गृहसचिव सूर्य सिलवाल र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नयाँ नियमावलीमा प्रहरी कर्मचारीको सेवा –सुविधा थपसम्बन्धि विशेष व्यवस्था गरेका हुन् ।

नयाँ नियमावलीमा अघिल्लो पटक नभएको प्रसूति बिदादेखि निवृत्तिभरणसम्मको व्यवस्था गरिएको छ । यस्तै, प्रसूति बिदामा बसेका महिला कर्मचारीलाई तीन महिने विदा र पुरुषलाई २ पटकसम्म प्रसूति स्याहार बिदा दिने व्यवस्था गरिएको छ । ०४९ सालको प्रहरी नियमावलीमा यो व्यवस्था थिएन । नियमावलीमै कुनै प्रावधान नभएकाले तल्लो तहका कर्मचारीले पटक पटक दुःख पाएका थिए ।

प्रहरीमा अटाइअनुसार सुविधा कम भएको आवाज कर्मचारी वृत्तमै उठिरहेका बेला प्रहरी नियमावली ०७१ पास भएपछि कर्मचारीले निकै राहत पाएका हुन् ।

नियमावलीअनुसार प्रहरीलाई अध्ययन बिदासमेत दिइने व्यवस्था गरिएको छ ।

पारिवारिक निवृत्तिभरण तथा उपदानमा बहालवाला प्रहरी कर्मचारीको तलव वृद्धि हुँदा तलबको सुरु अंकमा जति वृद्धि भएको छ त्यसको दुई तिहाई रकम नियमानुसार पारिवारिक निवृत्तिभरण पाइरहेका व्यक्तिले खाईपाई आएको पारिवारिक निवृत्तिभरणमा पनि थप गरिएको छ, राजधानी दैनिकलेले लेखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us