
गायक बिमल जोशीको गीत तिमी आफै टाढा भयौंको भिडियो सुटिङ सकिएको छ । यसलाई संचार क्षेत्रमा कृयाशिल दिपेन्द्र घिमिरेले निर्देशन गरेका छन् । शब्द सुनिता जोशीको रहेको गीतमा संगित भने राजु सिंहले भरेका छन् । संगित संयोजन भने गोपाल रसाइलीले गरेका हुन् । गीतमा मोडेल अमृता गुरुङ , अनुज महर्जन, रक्कि मर्हजन, प्रजिनाले अभिनय गरेका छन् । सिनेम्याटोग्राफरमा ज्ञानेन्द्र शर्मा छन् । घिमिरेले यस अघि ६ वटा भिडियोमा असिन्टेट डाइरेक्टरको भूमिका निभाएका थिए ।