फेसबुक गर्लफ्रेन्ड ३ बच्चाकी आमा, धोखा भयो भन्दै युवकले गरे आत्महत्या

काठमाण्डु टुडे २०७१ वैशाख ७ गते १०:४९ मा प्रकाशित

gun-s_325_042014033257फेसबाट लभ परयो । तर भेटघाट कहिल्यै भएन । साढे २ वर्षसम्म लभ परिरह्यो । केही न केही लुकी नै रहेको थियो । जव साँचो कुरा बाहिर आयो, यसले ठुलो घटनाको मोड लियो । कुरा भारत मध्य प्रदेश जबलपुरको हो । एक महिलाको प्रेममा पागल भएका युवकले आत्महत्या नै गरे ।

२५ वर्षिय बिनित सिह नाम परेका युवक र ज्योती नाम गरेको महिलाबीच फेसबुकबाट लभ परेको र ज्योती ३ बच्चाकी आमा भएको थाहा भएपछि विनितले आत्महत्या गरेको प्रहरीले जनाएको छ । ज्योतीले आफनो सट्टा फेसबुक प्रोफाइलमा एक सुन्दर युवतिको तस्बिर राखेकी थिइन् । जस्का कारण बिनित दिवाना भएका थिए । गत शुक्रबार जव बिनितले ज्योतीलाई भेटन बोलाए तव थाहा पाए ज्योति ४२ वर्षको र उनको ३ वटा बच्चा भएको । थाहा पाएपछि घर आए उनले आफले गोली हानी आत्महत्या गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us