
काठमाण्डु – सरीता प्रजापतिको स्वरमा तयार भएको दोस्रो एल्वम जाली रुमालमा समाबेश भएको संझनालाई जाली रुमाल बोलको गीतको भिडियो छायांकन सकिएको छ । ललितपुरको गोदावरी र आसपासका क्षेत्रमा भिडियोको छायांकन गरीएको छ ।
लामो समयदेखि म्युजिक भिडियो खिच्दै आएका सिनेम्याटोगाफ्रर ज्ञानेन्द्र शर्मासँग हातेमालो गर्दै बिधान कार्की भिडियो निर्देशनमा अघि बढेका छन् । ज्ञानेन्द्रसँगको सहकार्य लामो समयसम्म जारी रहने कार्कीले बताए । उक्त गितमा अहिलेका चर्चित मोडेल किरण लाकौल, बर्षा सिवाकोटी, नव प्रस्तुतीमा सुदीप सापकोटा, निरज बम र प्रविण आत्रेयले अभिनय गरेका छन् ।
यो भिडियोमा अभिनय गरेका कलाकारहरुले धेरै आशा लिएका छन् । जाली रुमाल बोलको गितलाई रंगकर्मी बिधान कार्कीले निर्देशन गरेका छन् । गितमा शब्द गोबिन्द प्रसाद उपाध्याय, संगित बिक्रम थापा र एरेन्ज गोपाल रसाइलीको रहेको छ ।
भिडियोलाई ज्ञानेन्द्र शर्माले खिच्ने काम गरेका छन् । भिडियोको अहिले सम्पादन कार्य भइरहेको छ । केही दिनमा भिडियो सार्वजनिक गरीने कार्कीले बताए ।