
काठमाण्डु, ७ वैशाख – परम्परागत चलिआएको सांस्कृतिक पक्षमा केन्द्रीत रहेर निर्माण गरिएको कबड्डी टोली देश दौडाहामा निस्किएको छ ।
वैशाख १२ गतेदेखि मुलुकभर प्रर्दशन हुने कबड्डीको चर्चासँगै निर्माण टोली देश दौडाहामा निस्किएको हो ।
रामबावु गुरुङको निर्देशनमा बनेका चलचित्रमा रंगमञ्चका कलाकारको बाहुल्यता रहेको छ । मुस्ताङको नौरीकोटमा छायाङ्कन गरिएको कबड्डीले थकाली समुदायभित्रको संस्कृतिलाई उजागर गरेको छ ।
चलचित्रमा दयाहाङ राई, निश्चल बस्नेत, रेश्मा गुरुङ, राजन खतिवडा, बिजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की, पुस्कर गुरुङ, पशुपति राई , कविता आलेलगायतका कलाकार रहेका छन् । पूर्वको झापादेखि पश्चिम बुटवल, पोखरासम्म कबडड्ी टोलीले प्रचार अभियान थालेको छ ।
कबड्डीसँग आफै निर्माता भएर बनाएको नायक आर्यन सिग्देलको चलचित्र नोभेम्वर रेनको लडाई पर्ने छ । फरक कथावस्तुमा आधारित छन यी दुई चलचित्र ।