यस कारण एमालेमा मेरो खाँचो छ

काठमाण्डु टुडे २०७१ वैशाख ६ गते ११:४७ मा प्रकाशित

madav nepalपार्टीभित्र यथास्थितिवादी छन्

अहिले हाम्रो पार्टीभित्र वैचारिक जुन बहस चलिरहेको छ । यो बहसको सन्दर्भमा दुईविपरीत प्रवृत्तिहरु प्रकट भएको देखिरहका छौं । एउटा प्रवृत्ति छ यथास्थितिवादी प्रवृति, अर्को छ अतिवादी प्रवृत्ति । यथास्थितिवादी प्रवृत्तिले नेपाली समाजमा कुनै परिवर्तन भएको देखिरहेको छैन ।

सामान्य केही फेरबदल भएको मात्र उसले देखिरहेको छ । र पूरानै विश्लेषणलाई अलिकता तानतुन गरेर कायम राख्न चाहिरहेको छ । यो यथास्थितवादी प्रवृत्ति बोक्नेहरुले आफूलाई जनताको बहुदलीय जनवादको असली हिमायती र प्रवक्ता ठानिरहेको छ । उनीहरुले वास्तवमा जनताको बहुदलीय जनवादलाई खोपीको देउता बनाउन खोजेका छन् ।

यसलाई निर्जीव सिद्धान्तका रुपमा बोक्न चाहिरहेका छन् । सिद्धान्त जीवनका लागि, सिद्धान्त व्यवहारका लागि भन्ने मान्यतालाई आत्मसात गर्न सकिरहेका छैनन् । व्यवहार बदलिएको छ, समाज बदलिएको छ । जीवन धेरै अगाडि बढिरहेको छ, व्यवहार धेरै अगाडि बढिरहेको छ । त्यो बढिरहेको व्यवहारलाई ‘गाइड’ गर्नका लागि र त्यसलाई दिशानिर्देश गर्नका लागि सिद्धान्तले पनि आफूलाई ‘अपडेटेड’ गर्न सक्नुपर्दछ, त्यसले आफूलाई समृद्ध बनाउन सक्नुपर्दछ । पछाडि परेको सिद्धान्तले अगाडि बढेको व्यवहारको अगुवाई गर्न सक्तैन ।

जनताको बहुदलीय जनवाद मदन भण्डारीको होइन
जनताको बहुलीय जनवाद के आकाशबाट झरेको हो ? नेकपा एमालेको कोअर्डिनेशन केन्द्रको कालदेखि विचार निर्माणमा क–कसले भूमिका खेल्यो ? हामी नै हो नि । मदन भण्डारीको एक्लो दिमागले आएको हो जनताको बहुदलीय जनवाद ? विचार निर्माणमा सबैको सामूहिक संलग्नता छ, भूमिका छ । त्यो भूमिकाका आधारमा बिनाविचारको पार्टी कसरी सञ्चालन भयो होला त ? विचारको अगुवाई, संगठनको अगुवाई या भनौं पार्टीको व्यवहारको अगुवाई गर्ने काममा, समाज निर्माणमा र समाजको रुपान्तरणको अगुवाई कसले गरयो ?

२०४९ सालमा जनताको बहुदलीय जनवादको विचार र मान्यताहरु अगाडि सारिएको थियो । २०७० सालमा हामी आइपुगेका छौं । २१ वर्षभित्र बागमतिमा धेरै पानी बगिसकेको छ । नेपाली समाजमा ठूल्ठूला परिवर्तनहरू भएका छन् । यी परिवर्तनका पक्षहरुलाई अर्थात विकसित र परिवर्तित व्यवहारलाई प्रतिविम्वित गर्ने र त्यसलाई दिशाबोध गर्ने हिसाबबाट सिद्धान्तले पनि आफूलाई समयानुकुल बनाउन जरुरी छ । जनताको बहुदलीय जनवादको मागदर्शनमा हामी अगाडि बढेका छौं । त्यसको सान्दर्भिकता अझै छ । त्यसको जीवन्तता अझै पनि देखिएको छ । तर त्यो यथास्थितिमा रहन सक्तैन । त्यसले विकास गर्नैपर्छ । नयाँ नयाँ ‘इस्यु’ हरुलाई उसले आफूभित्र आत्मसात गर्नैपर्छ । परिवर्तित व्यवहारहरुलाई उसले सम्बोधन गर्नैपर्छ ।

जबजमा थपघट गर्नुपर्छ
यसबीचमा हामीले देखेका छौं राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन भएको छ । सामन्तवादको प्रतिनिधि संस्था राजतन्त्र उन्मुलन भएको छ । गणतन्त्र स्थापित भएको छ । र त्यो गणतन्त्रलाई हामी लोकतान्त्रिक ढंगबाट अगाडि बढाउन चाहिरहेका छौं ।

यो गणतन्त्र नेपाली समाजमा जसरी आएको छ, यो आफैंमा पनि बढो ‘युनिक’ रहेको छ । धेरै ठूलो रगत बगाएर, धेरै वर्ष लगाएर राजतन्त्र ढलेको छ । नेपाली समाजमा हामीले जुन मान्यता बोक्यौं, शान्तिपूर्ण ढंगबाट परिवर्तन सम्भव छ भन्ने मान्यता । जनताको चेतना जागरण र परिचालनको माध्यमबाट सत्तामा हालिमुहाली सम्हालेर बसेको र जनताको सांस्कृतिक मान्यतामा समेत आफ्नो छाप छाड्न सफल भएको राजतन्त्रलाई नेपाली जनताले तुलनात्मक रुपमा कम रगतको मूल्य चुकाएर फाल्न सफल भएका छन् ।

कम्युनिष्टहरु मध्येका अरु समूहहरु देखिए सजले १७ हजार नेपाली जनताका छोराछोरीहरुको रगतको खोलो बगाउने तहमा पुगे । उनीहरुले पनि राजतन्त्रलाई ढाल्न सकेनन्, तर नेकपा एमालेले बहुत कम मूल्य तिरेर यो सम्भव तुल्याउन सक्यो । नेपालमा भएका अरु पार्टीहरु जो पछिसम्म पनि ‘बेबी किङ’को धारणा बोकिरहेका थिए, कुनै न कुनै हिसाबले राजतन्त्रस“ग कुनै न कुनै प्रकारको सहमतिको उपाय अन्तिम समयसम्म पनि खोजिरहेका थिए । ती सबैभन्दा भिन्न ढंगबाट नेकपा एमाले संघर्षको, आन्दोलनको एउटा उद्घोष गरिरहेको थियो र त्यो आन्दोलनले यति उचाई हासिल गरयो, जसले गर्दाखेरि राजनीतिक क्रान्ति सम्पन्न हुन सक्यो ।

यो जनक्रान्ति जसलाई हामी भन्दछौं, जसलाई हामी राजनीतिक क्रान्ति भन्दछौं, त्यसबाट नै हामीले गणतन्त्र स्थापना गर्न सकेका छौं । यो चिजलाई बुझ्न आत्मसात गर्न कतिपय साथीहरु सकिरहेका छैनन् । यसै क्रममा नेपाली समाजमा पनि ठूल्ठूलो परिवर्तन भएको छ, समाजिक क्षेत्रमा पनि राजनीतिक क्षेत्रमा मात्र होइन ।

हाम्रो उत्पादन सम्बन्धमा परिवर्तन भएको छ, सामाजिक सम्बन्धमा परिवर्तन भएको छ, स्वामित्वको सम्बन्धमा परिवर्तन भएको छ । यी सबै परिवर्तनहरुलाई तदनुरुप नै बुझ्न सक्नुपर्दछ । हिजो नेपाली समाजलाई अर्धसामन्ती अर्धऔपनिवेशिक भनियो । कहिलेदेखि भनियो त ? कम्रेड पुष्पलालले अर्धऔपनिवेशिक भन्न सुरु गर्नुभएको बिन्दुको हामीले पहिचान गर्नुपर्दछ ।

उहाँले सुगौली सन्धिलाई त्यो ‘टर्निङ प्वाइन्ट’ मान्नुभएको छ । १८१६ मा ब्रिटिससँग सम्झौता भएपछि उहा“ले नेपाली समाज अर्धऔपनिवेशिक भयो भन्नुभएको छ । यसै गरी उहा“ले १९३७ देखि नेपाली समाय अर्धैसामन्ती भयो भन्नुभएको छ । त्यो कुन बिन्दु थियो ? जुन बिन्दुमा नेपालमा पु“जीको प्रयोग भएको थियो । पुँजी लगानी भएको थियो, औद्योगिकरणको सुरुआत भएको थियो । एउटा उद्योग स्थापना भएको थियो । औद्योगिकरणभन्दा पनि एउटा उद्योगको स्थापना मात्र भएको थियो, विराटनगर जुट मिल । जुट मिलको स्थापनालाई उहाँले ‘टर्निङ प्वाइन्ट’ मान्नुभएको थियो । उहाँले पुँजिपति र मजदुर वर्गको उभ्युदय भएको तथ्यलाई एउटा टर्निङ प्वाइन्ट मान्नुभएको छ ।

उद्योगहरुको स्थापनाको क्रम त पछिमात्रै बढ्यो । तर उहा“ले फस्ट प्वाइन्टलाई आधार मान्नुभयो र नेपाली समाज सामन्तीबाट अर्ध सामन्तीमा प्रवेश गरेको व्याख्या गर्नुभयो । भनेपछि पुँजीको व्यापक परिचालन भएर, आधा सामन्तवादलाई ढालेर, आधा पु“जीवाद आएर अर्धसामन्ती भनिएको होइन । उहाँले सामन्तवादको आधारलाई भत्काउने अवस्था देख्नुभयो ।

आर्थिक सम्बन्धमा उत्पादक शक्ति र उत्पादन सम्बन्धबीचको नयाँ परिस्थितिको विकास क्रमका आधारमा उहा“ले भन्नुभयो कि नेपाली समाज अर्धसामन्ती भएको छ । यसरी २००६ सालमा कम्युनिष्ट पार्टीको घोषणापत्र तयार गर्ने सिलसिलामा उहा“ले नेपाली समाजको चरित्र चित्रण गर्दै यसलाई अर्धसामन्ती अर्धऔपनिवेशिक भन्नुभएको हो ।

तर यसबीचमा त धेरै ठूल्ठूला परिवर्तन भए । ठूल्ठूला परिवर्तन भएको मध्ये, विर्ता प्रथाको उन्मुलन भयो, सामन्ती प्रथाको उन्मुलन गर्ने क्रममा राजा महेन्द्रकै पालामा २०२१ सालमा भूमिसुधार भयो । सामन्तवादको अर्को अवशेष भनेको छुवाछुत हो । त्यसको विरुद्धमा मुलुकी ऐनको सुरुआत गरियो । पछिल्लो समय २८ बिगहाको सीमालाई घटाएर ११ बिगहाको सीमामा तल झारियो । यी सबै स्थितिहरु अघि बढ्दै जाने क्रममा हामीले देख्यौं यसबीचमा औद्योगिकरणको ठूलो लहर सबैतिर फैलिएको छ । हिजो कृषिमाथि आश्रित हुने जनसंख्या घटेको पनि छ । इकोनोमी, कल्चरलगायत सबै क्षेत्रमा पुँजीवादले आफ्नो प्रभाव फैलाएको हामीले देखेका छौं । सामाजिक जनजीवन, सांस्कृतिक क्षेत्रमा यसको प्रभाव हामी देखिरहेका छौं । व्यापक मात्रामा हामी के देखिरहेका छौं भने सामन्तवाद धर्मराउ“दै, ढल्दै गइरहेको छ र पु“जीवादका क्षेत्रहरु विस्तार हुँदै गइरहेको छ । राजतन्त्र ढलेको यो अवस्थालाई र २०६३-०६३ को जनक्रान्तिको बिन्दुलाई ‘टर्निङ प्वाइन्ट’ को आधार मानेर हामीले भन्नुपर्दछ कि अब नेपाली समाज अर्धसामन्ती अर्धऔपनिवेशिक अवस्थामा छैन । अवश्य पनि विदेशीहरुले नेपालमा विभिन्न हिसाबले हस्तक्षेप गर्ने गरेका छन् । शोषणका अनेक माध्यमहरु प्रयोग गर्ने गरेका छन् । नेपालमा आफ्नो प्रभाव र प्रभुत्व विस्तार गर्ने कोसिस गरिरहेका छन् । यस अर्थमा नवऔपनिवेशिक शोषणका प्रक्रियाहरु र प्रयासहरु जारी छन् भन्न सकिन्छ । तर हामीले ‘क्लाल्कुलेसन गर्दाखेरि अर्धसामान्ती अर्धऔपनिवेशिक भनेर जाने काम गर्न हुँदैन ।

यो मान्यतालाई बुझ्न सक्नुपर्छ । तर अर्को किसिमको मान्यता छ । जसले भन्न गर्दछ नेपाली समाज पूर्ण रुपमा पुँजिवादी समाज भइसकेको छ । अब समाजवादी क्रान्तिको चरणमा हामी प्रवेश गरिसकेका छौं । त्यो अर्को किसिमको अतिवादी अवस्था हो । त्यो अतिवादी अवस्थाले अहिले पुँजिवादको व्यापक विस्तार गर्नुपर्ने, राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने यो आवश्यकता छ । पुँजिवादको विकासले मात्र सामन्तवादलाई विस्थापन गर्दै पान्छ । र पुँजीले आफ्नो विस्तार गर्दै जान्छ, आफ्नो सम्बन्ध विकास गर्दै जान्छ र त्यसपछि उसले समाजवादी क्रान्तिको आधार निर्माण गर्ने काम गर्दै जान्छ ।

नेपाली समाजको व्याख्याबारे
जनताको बहुदलीय जनवादको व्याख्या गर्दै जाँदा कमरेड मदन भण्डारीले जनवादी समाज तीन चरणबाट अगाडि बढ्छ भन्नुभएको थियो । एउटा सामान्तवादको अवशेषका विरुद्ध संघर्ष गर्ने चरण, दोश्रो पुँजिवादको विकासको चरण र तेश्रो समाजवादी क्रान्तिको संक्रमणको चरण । यो तीनवटा चरणको उहाँले व्याख्या गर्नुभएको छ । अहिले हामी दोश्रो चरणमा प्रवेश गरेका छौं । पुँजिवादको प्रारम्भिक विकासको चरणमा हामी रहेका छौै । सामन्तवादले त्यसलाई विस्थापित गर्दैै लागेको छ । तर हामी पुँजवादमा सीमित रह“दैनौं ।

हामी समाजवादतर्फ नेपाली समाजलाई समाजवादतर्फ डोरयाएर लान चाहन्छौं । यो मान्यताका साथमा हामी चल्नुपर्दछ । नवौं महाधिवेशनले यो कुरालाई अझै प्रष्ट पारेर जानुपर्दछ । यसबीचमा जनताका बीचमा धेरै ‘इस्यु’ हरु उठेको छ ।

ती इस्युहरुलाई नेकपा एमालेले सम्बोधन गरेको छ । सम्बोधन गरिएका सबै विषय वस्तुलाई जनताको बहुदलीय जनवादले आफूभित्र आत्मसात गर्नुपर्दछ । यी आत्मसात गर्नुपर्ने विषयमध्ये एउटा मैले गणतन्त्रको विषय भनें, दोश्रो भनेको एकात्मक राज्य ढलेको छ । संघीयताको विषय आएको छ । तेश्रो भनेको समावेशीताको कुरा रहेको छ । चौथौ सामाजिक आर्थिक रुपमान्तरणको मुद्धा झन जोडदार रुपमा उठेको छ । यी विषय वस्तुहरुलाई समेत जनताको बहुदलीय जनवादले आफूभित्र समाविष्ट गर्दै जानुपर्ने आवश्यकता छ । स्वभाविक रुपमा यत्राविधि विषयहरुलाई २०४९ सालमा सोच्ने कुरा पनि थिएन । कार्ल माक्र्सले १८४८ मा १८७१ को पेरिस क्रान्तिको कल्पना गर्नुभएको थिएन ।

१९१७ को रुसी क्रान्तिको परिकल्पना गर्नुभएको थिएन । पछिल्लो कालमा लेनिनले नै चीनमा जस्तो जनवादी क्रान्तिको परिकल्पना गर्नुभएको थिएन । माओत्सेतुङको समयमा जस्तो हामीले नेपालमा यस्तो अवस्था आउला भन्ने सोचेको पनि थिएन । किमइल सुन जससँग १९९३ मा मेरो भेट भएको थियो । १९९४ मा उहाँको निधन भयो । त्यतिखेर उहा“ले भन्नुभयो, विचित्रको स्थिति नेपालमा देखा परयो । कम्युनिष्ट पार्टी चुनावमा भाग लिएर, बहुमत हासिल गरेर, सरकारमा पुग्ने कुरा यो त गजबको घटना घट्यो ।

यो युनिक अनुभव हो । उहाँले त्यस सिलसिलामा भन्नुभएको थियो कि नेपालमा कम्युनिष्ट आन्दोलनको विकासको राम्रो सम्भावना रहेछ । शान्तिपूर्ण ढंगले तपाईंहरुले यो सबै कुरा गर्न सक्नुभएको रहेछ । आफ्नो शक्ति र प्रभाव विस्तार गर्दै जनतामा भिज्ने र परिवर्तनका निम्ति अग्रसर हुने नयाँ किसिमको अवस्था नेपालमा देखिएको छ । यो अवस्थालाई विकास गर्दै जा“दाखेरि राजतन्त्रलाई पनि ढाल्न सक्यौं ।

कम्युनिष्ट पार्टीले चुनावका माध्यमबाट सबैभन्दा ठूलो पार्टी बन्ने अवसर पनि प्राप्त गरयो । दुईवटा अवसर अझै गुमायो । एउटा त २०५६ सालको चुनावमा नेकपा एमालेमा विभाजन नभएको भए त्यही बेला हामी बहुमतमा पुग्न सक्थ्यौं । त्यसपछि २०७० सालमा फेरि संघीय समाजवादी पार्टी नामको चोइटो एमालेबाट नफुटेको भए यसपालि पनि हामी प्रत्यक्षफर्त बहुमतमा आउन सक्ने सम्भावना विद्यमान थियो । यो सबै स्थितिले के देखाउँछ भने जनताको बहुदलीय जनवादले शान्तिपूर्णै ढंगबाट, लोकतान्त्रिक विधिबाट जनताको मन र विश्वास जित्दै परिवर्तनको अगुवाई गर्नुपर्दछ भन्ने मान्यता बोकेको थियो त्यो सही थियो । त्यसैले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नै हामीले यी सबै प्रगति गरेका छौं । यसको औचित्यता हाम्रो व्यवहारले पुष्टि गरेको छ । तर व्यवहारले पुष्टि गरयो भन्ने नाउँमा यसलाई यथास्थितिमा राख्ने काम गर्न हु“दैन ।

समाजवादी क्रान्तिको चरणमा पुगेको होइन
समाजवादी क्रान्तिमा हामी पुग्यौं भन्नेबित्तिकै जनताको बहुदलीय जनवादको औचित्यता समाप्त हुन्छ । किन भने समाजवादी क्रान्तिको सिद्धान्त अर्कै हुन्छ । जनताको बहुदलीय जनवादले ‘पिपुल्स मल्टिपार्टी डेमोक्रेसी’ भन्छ । सोसाइटीको चरित्र चित्रण गर्दछ । त्यसै भएर उसले चरणका कुराहरु अगाडि सारेको छ । मदन भण्डारी र हामी बसेर नेपालमा राजतन्त्र कहिले ढल्ला भन्ने बारेमा छलफल गथ्र्यौं । कसरी ढल्ला भन्नेबारेमा छलफल गथ्र्यौं ।

फेरि हामीले दीर्घकालिन जनयुद्धको बाटोमा जानुपर्ने हो कि ? सहरी विद्रोहको बाटोमा जानुपर्ने हो कि ? शान्तिपूर्ण ढंगले सम्भव हुन सक्दछ कि ? जनताको आन्दोलनबाट सम्भव हुन सक्दछ कि ? भन्ने बारेमा हामीले व्यापक रुपमा छलफल चलाएका थियौं । तर हामीले प्रशिक्षित गर्न सकेका थिएनौं । तर एउटा मान्यता हामीले के बोक्न थालेका थियौं भने अब शान्तिपूर्ण ढंगले नै सम्भव हुन्छ ।

त्यसो हुनाले जनताको चेतना र राजनीतिक पहल कदमी र जनताको परिचालन यो तीनवटा कुराको अत्यन्त आवश्यकता छ भन्ने कुरालाई जनताको बहुदलीय जनवादले अगाडि सारेको थियो । नेतृत्वको पहलकदमी र पहलकदमी लिने कुरा मात्र होइन विचारको क्षेत्रमा, संगठन सञ्चालनको क्षेत्रमा, आन्दोलनको क्षेत्रमा, निर्वाचनको क्षेत्रमा जहा“ पनि कम्युनिष्ट पार्टीले प्रतिस्पर्धा गर्नुपर्छ र प्रतिस्पर्धाको माध्यमबाट आफ्नो श्रेष्ठता सावित गर्नुपर्दछ भन्ने कुरा अगाडि सारेका थियौं ।

त्यस कारण आफ्नो विचारको श्रेष्ठता, संगठनको कुशलता र आफ्नो शक्ति परिचालनको योग्यतालाई हामीले काम र व्यवहारमा सक्रिय पहलकदमी लिएर मात्रै हामी स्थापित गर्न सक्तछौं । अनिमात्र हामीले सर्वहारा वर्गको अग्रदस्ता भनेर जुन दावा गरिरहेका छौं, त्यो दावा भनेको बन्दुक उठाएर मात्र होइन । शान्तिपूर्ण गतिविधिको माध्यमबाट, विचारको, कार्यशैलीको संगठनको र जनसेवाको भावनाको यी सबै क्षेत्रमा र राज्य सञ्चालनको क्षेत्रमा पनि हामीले प्राप्त गरेको उपलब्धीका आधारमा आफ्नो श्रेष्ठता सावित गर्न सक्छौं भन्ने कुरा भनिएको थियो । त्यसकारण यी जुनसुकै क्षेत्रमा विचारको क्षेत्रमा, संगठनको क्षेत्रमा, कार्यशैलीको क्षेत्रमा, योजनाको क्षेत्रमा, योजना कार्यान्वयनको क्षेत्रमा, जनचेतना जगाउने सन्दर्भमा, जनपरिचालन गर्ने सन्दर्भमा हामीले गर्ने कामको आधारमा नै जनताले कम्युनिष्ट पार्टीलाई राम्रो भन्न सक्तछन्, कम्युनिष्ट पार्टी लोकप्रिय हुन सक्तछ ।

जनतासितको सम्बन्धलाई यसले घनिभूत रुपमा बाक्लो बनाउन सक्तछ । जनताको प्यारो पार्टीका रुपमा स्थापित गर्न सक्तछ र कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय आन्दोलनका रुपमा स्थापित गर्न सक्तछ भन्ने सोच जनताको बहुदलीय जनवादले त्यतिबेला लिएको थियोे । त्यसो भएको हुनाले जनवादी क्रान्तिको सिंगो चरणभित्र अर्थात ‘डेमोक्रेटिक फेज’ भित्रउसले अगुवाई गदर्छ र हामी नया“ चरणमा प्रवेश गर्दछौं ।

त्यो प्रवेश गर्ने कुरा भनेको आउ“दो कति वर्षसम्म कायम रहन्छ भन्न सकिंदैन । हामीले सोचिरहेका कुरा के हो भने आउ“दो १० वर्षभित्र नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रको तहमा पुरयाउन सकिन्छ । केही वर्ष पहिले हामीले भिजन नेपाल ट्वेन्टी–ट्वेन्टी भन्ने मान्यता अघि सारेको थियौं भने अब त्यसलाई पनि अपडेट गरेर आगामी दिनको ३५ वर्षीय योजना बनाएर मुलुकलाई १० वर्षभित्र, ३५ वर्षभित्र कहाँ पुरयाउन सकिन्छ, एउटा विकसित राष्ट्रको तहमा कहिले पुरयाउन सकिन्छ भन्ने बारेमा गहन वौद्धिक छलफल गर्नुपर्ने र त्यस आधारमा एउटा आंकलन गर्नुपर्ने आवश्यकता छ ।

जुन आंकलन देङ सिआयोपिङले चीनको सन्दर्भमा गर्नुभएको थियो र १९७८ बाट सुरु गर्नुभएको आर्थिक विकासको प्रक्रियालाई सन् २००० सम्ममा चीनको आर्थिक वृद्धि दरलाई तीव्र बनाउने लक्ष्य राख्नुभएको थियो । अब हामीले आर्थिक क्षेत्रमा पनि गहन छलफल बहस सञ्चालन गरेर आर्थिक वृद्धि दरलाई अहिलेको भन्दा कति गुणा माथि उठाउन सक्तछौं ।

आउदो १० वर्षभित्र, २० वर्षभित्र यसको पनि आंकलन गर्न आवश्यकता छ । यस सदन्र्भमा हिजो राजनीतिक क्रान्तिको अगुवाई पनि एमाले पार्टीले गरेको हो । समाजमा आएका संकटहरुलाई टार्नका लागि शान्ति प्रक्रियाको अगुवाई पनि एमालेले गरेको हो । अब आउँदो दिनमा आर्थिक क्रान्तिको नेतृत्व पनि एमालेले नै गर्नुपर्दछ । त्यो तब सम्भव छ, जब पार्टीले क्रान्तिकारी बाटो अवलम्बन गर्दछ ।

जब पार्टी त्यो अतिवादी विचारबाट मुक्त हुन सक्तछ । जब त्यो पार्टीले समाजको क्रान्तिकारीकरण र रुपान्तरण गर्ने मान्यतालाई आत्मसात गर्न सक्तछ । समाजमा रहेका सबै खालका विभेदलाई समाप्त पार्ने अठोट लिने गर्दछ । शोषण, उत्पीडन, भेदभाव यी सबैलाई अन्त्य गर्ने, चाहे दतिलमाथि, महिलामाथि वा अल्पसंख्याकमाथि या आर्थिक रुपमा विपन्न समुदायहरुमाथि हुने गरेका सबै किसिमका विभेदहरुलाई अन्त्य गर्ने योजना र संकल्पमा साथ सामाजिक आर्थिक रुपान्तरण गर्ने उद्देश्यका साथ अगाडि बढ्दछ ।

Madhav_Kumar_Nepal2नवौं महाधिवेशनको अभिभारा
हिजो राजनीतिक क्रान्तिको अगुवाई गरेजस्तै अब आर्थिक क्रान्तिको अगुवाई गर्नुपर्ने, सामाजिक आर्थिक रुपमान्तरणको अगुवाई गर्नुपर्ने नयाँ जिम्मेवारी नेकपा एमालेको काँधमा आएको छ । यो नवौं महाधिवेशनले यस क्रममा नै संविधान निर्माण गर्दै आन्दोलनका, क्रान्तिका यी सबै आजसम्मका उपलब्धीहरुलाई संस्थागत गर्ने काम गर्नुपर्ने आवश्यकता छ भने भोलिको दिनमा यो मुलुकलाई कुन दिशामा लिएर जाने हो भन्नेबारेमा दिशा निर्देश गर्नका लागि नवौं महाधिवेशन अत्यन्तै महत्वपूर्ण माइल स्टोनका रुपमा, नेपाली राजनीतिलाई नया“ दिशातर्फ डोरयाउने रुपमा यसको महत्व रहने छ ।

यसको लागि कम्युनिष्ट आन्दोलनको मुल शक्तिका रुपमा नेकपा एमालेलाई मुल प्रवाहका रुपमा स्थापित गर्नुपर्ने छ भने नेपाली राजनीतिको मियोका रुपमा नेकपा एमालेलाई उभ्याउनुपर्ने आवश्यकता छ । यति ठूलो महत्वपूर्ण जिम्मेवारी समाज र राष्ट्रको अर्थतन्त्रको यो गहन जिम्मेवारी हासिल गर्नका लागि नेकपा एमाले बलियो हुनैपर्छ ।

पार्टीमा डनवाद र धनवादको खतरा
नेकपा एमाले बलियो हुनका लागि यसको विचार ठीक हुनुपर्छ, यसको संगठन चुस्त दुरुस्त हुनुपर्दछ, यसको आचरण राम्रो हुनुपर्दछ । यसका कार्यकर्ताहरु क्रियाशिल हुनुपर्दछ ।
हाम्रो पार्टीभित्र डनवाद र धनवादको दुईवटा ठूलो खतरा मडारिइरहेको छ । डनवाद र धनवादबाट मुक्त गर्न सकिएन भने यो पार्टी फेरि बदनामीको शिकार हुनेछ । जनताबाट विस्थापनमा पर्नेछ र यसले आफ्नो ओज, उर्जा सबै गुमाउन पुग्नेछ । यस अर्थमा यो पार्टीलाई क्रान्तिकारी दिशातर्फ डो¥याउने हिसाबबाट अघि बढ्नुपर्ने खाँचो हामीले देखेका छौं ।

यस क्रममा नै अहिले नेपाली समाजमा जुन अन्तर्विरोधहरु विद्यमान छन्, हिजो हामीले सामन्त र दलाल, नोकरशाही पु“जिवादसितको नेपाली जनताको अन्तर्विरोधलाई नेपाली जनताको प्रधान अन्तर्विरोध भनिरहेका थियौं । अब हामी के भनिरहेका छौं भने अब सामन्तवादस“गको अन्तर्विरोध होइन, अवशेषका रुपमा जो रहेको छ, दलाल नोकरहशाही स“गको अन्तर्विरोध अवश्यक पनि प्रधान छ ।

त्यसलाई अन्त्य गर्नका लागि राष्ट्रिय पुँजीको व्यापक विकास गर्ने, जनताका उर्लंदा आकांक्षा र चाहनालाई परिपूर्ति गर्नका लागि उत्पादक शक्तिको विकास गर्ने, उत्पादनमा वृद्धि गर्ने, यो सँगै पुँजीको विकास गर्दै, सामन्तवादका अवशेषहरु जति बाँकी छन्, त्यसलाई निमिट्यान्न पार्दै, अर्थतन्त्रलाई नयाँ गति दिँदै, सामाजिक न्यायको दिशामा अर्थात उत्पादन र समुचित वितरण, यसको सन्तुलित सोचका साथ जानका लागि तीन खम्बे अर्थ नीतिको मान्यता बोकेर सार्वजनिक, नीति र सहकारी क्षेत्रको मान्यताअनुसार अघि बढ्नुपर्छ ।

यो भनेको हाम्रो राजनीतिक मान्यतास“ग मेल खान्छ । हाम्रो राजनीतिक मान्यता भनेको समावेशी हो । समावेशी राजनीतिक मान्यता बोकिसकेपछि अर्थतन्त्रले पनि समावेशी दिशा अवलम्बन गर्नैपर्छ । जब हामी सहभागितामुलक लोकतन्त्रको कुरा गरिरहेका छौं भने अर्थतन्त्रले पनि त्यो बाटो लिनैपर्छ । अर्थात आर्थिक विकासको क्षेत्रमा पनि जनताको संलग्नता हुनैपर्दछ । राजनीतिक क्षेत्रमा जनताको संलग्नताले मात्र पुग्दैन, आर्थिक क्षेत्रमा पनि जनताको सहभागिता चाहिन्छ । आर्थिक क्षेत्रमा विकासका लागि सहकारीमा व्यपाक जनसहभागिता सुनिश्चित गरेर लानुपर्दछ । यी सबै मान्यताहरुका साथमा हामी अगाडि बढ्नुपर्छ र यी सबै कुरालाई बुझेको योग्य, सक्षम नेतृत्वको आवश्यकता छ ।

पार्टी कसैको प्रालि होइन
योग्य र सक्षम नेतृत्व छोडिकन कसैको प्राइभेट लिमिटेड कम्पनीजस्तो मपछि फलानो, फलानोपछि फलानो हुन सक्क्तैन । एक वर्ष म बस्ने, एक वर्षपछि फलानो बस्ने भागबण्डा चल्दैन । जस्तोकि पाण्डबहरुका पा“च भाइहरुमा भागवण्डा गरेजस्तो यो भागवण्डाले पार्टी अगाडि बढ्ने होइन ।

कसैको यो निजी सम्पत्ति होइन । यो सिंगो पार्टीमात्र होइन राष्ट्रको भविष्यसँग जोडिएको कुरा हो, नेपालको भविष्यसँग पनि जोडिएको कुरा हो । नेकपा एमाले बलियो भए देश बलियो हुन्छ । नेकपा एमाले बलियो भए जनताले त्यसको लाभ प्राप्त गर्न सक्तछ, जनता बलिया हुन्छन् । त्यसैले यो पार्टी आमजनताको हितस“ग जोडिएको छ ।

राष्ट्रको प्रतिष्ठासँग जोडिएको छ । हाम्रा आम कार्यकर्ताहरुको इज्जत, प्रतिष्ठा र जीवनस“ग पनि जोडिएको छ । त्यसो भएको हुनाले पार्टी कार्यकर्ताहरुले यो महाधिवेशनबाट योग्य, सक्षम, गतिशील र भिजनरी नेतृत्वको चयन गर्नुपर्दछ । त्यसको निम्ति हामीले नयाँ पुस्तालाई पनि अगाडि सार्नुपर्दछ । त्यो नयाँ पुस्ता जो पुस्ताको हिसाबले नयाँ छ । जीवनशक्तिले ओतप्रोत छ ।

टेस्टेड भएकाहरुले बिदा लिनुपर्छ
ती व्यक्तिहरु जो जिम्मेवारी बोकेका छन्, पार्टी सत्ता जहिले पनि सम्हालेका छन् तर ‘टेस्टेड’ भएर उनीहरुले आफ्नो योग्यताको परीक्षण गरिसकेका छन्, तिनीहरुबाट हुँदैन । जो विभिन्न तहमा बसेका छन्, चाहे त्यो उपाध्यक्षको पदमा बसेका होउन, चाहे महसचिव वा सचिवको तहमा बसेका होउन तिनीहरुमध्ये जो अहिलेको समयअनुसार अघि बढ्न सक्तछ त्यो अगाडि बढ्ने हो । अनटेस्टेड व्यक्तिहरु जो आफ्नो–आफ्नो क्षेत्रमा विभिन्न तहमा योग्य देखिएका छन् । प्रतिभाशाली देखिएका छन्, तिनीहरुलाई जिम्मेवारी दिएर यो पार्टीलाई अघि बढाएर लानुपर्दछ । म नयाँ पुस्तालार्य अगाडि बढाउने पक्षमा छु । तिनीहरु अगाडि बढुन् ।

जीवनशक्तिले ओतप्रोत भएका, विचारले पनि नवीन विचार लिएर अघि बढेका, जनताको बहुदलीय जनवादको मान्यतालाई आत्मसात गरेर अघि बढिरहेका, यो पार्टीको क्रान्तिकारी परम्परालाई सम्हालेका, बुझेका र यो पार्टीलाई क्रान्तिकारी दिशामा अघि बढाउने प्रष्ट दृष्टिकोण बोकेका त्यस्ता किसिमका उर्जाशील मेचीदेखि महाकालीसम्म फैलिएका योग्य, सक्षम लिडरशीपको टिमले नै यो पार्टीलाई अगुवाई गर्नुपर्दछ । त्यसले जिम्मेवारी सम्हाल्ने र मुलुक हाँक्ने अवस्था बनेपछि स्वभाविक रुपमा हामीजस्ता पूराना पुस्ताका मान्छेहरुले बिदा लिएर जानुपर्दछ ।

एक जनाले मात्र बिदा लिने होइन, टिमले नै बिदा लिएर जानुपर्दछ । एउटा क्लासमा एउटा मात्र फस्ट हुन्छ । अरु सेकेण्ड, थर्ड, फोर्थ मात्र हुन्छन् । टिम लिडर एउटा हुन्छ । अरु त टिमका सदस्यहरु मात्र हुन्छन्, जहा“ पनि । पालैपालो टिम चेन्ज हु“दैन । त्यसो भएको हुनाले एउटै अवधिभित्रको टिम चेन्ज हुनुपर्छ । त्यसपछि नया“ टिम आउ“छ । त्यसो भएको हुनाले नेतृत्व त त्यसले पो छोड्ने हो, जो अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव छ त्यसले छाुड्ने हो नेतृत्व । म त नेतृत्वमै छैन, वरिष्ठ नेता मात्र हो । छोड्ने त पदमा बसेकाले पो हो ।

त्यसो भएको हुनाले उनीहरुले छोड्नुपर्छ र नया“ले जिम्मा लिनुपर्छ । एकदम सीधा कुरा छ, जो पदमा बसेका छन् तिनीहरुले पद छोड्नुपरयो । जो पदमा वा कार्यकारी काममा बसेका छैनन् तिनीहरुले अब कार्यकारी जिम्मा लिएर हिजोको परीक्षामा चाहे त्यो राजनीतिक प्रक्रियामा होस्, चाहे त्यो समाजलाई शान्तिपूर्ण बाटोमा लिएरु जाने कुरामा होस्, या भनौ नेपालले सामना पर्नुपरेका ठूल्ठूला चुनौतीका बेलाका कुरा होस् ती सबै कुरामा योग्य, सक्षम देखिएको र पूरै पार्टीलाई सही दिशामा डोरयाएर लान सक्ने नेताहरुको नया“ टिम चयन गर्नुपर्छ ।

त्यो चयन पार्टीका कार्यकर्ताले गर्ने हुन् । त्यो महाधिवेशनले गर्ने हो । महाधिवेशनले जजसलाई चुन्छ, त्यसले जिम्मा पाउने हो । अ“ध्यारो कोठामा बसेर, अवसरवादी एकता गरेर, भाग शान्ति जय नेपाल गरेर यो पार्टी जान सक्तैन । नेपाली क्रान्तिको अभिभारा पूरा गर्नका लागि नयाँ पुस्ताले मेरो अगुवाई महसुस गरिरहेको छ । नयाँ पुस्ताले आवश्यकता महसुस गरुञ्जेलसम्म मैले नया“ पुस्तालाई हौसला प्रदान गरिरहनुपरयो । त्यसपछि उसलाई ह्याण्ड ओभर गर्ने काम गर्छु ।

बकबक बोल्नेहरुको बेग्लै टिम

कार्यकर्ताले रोज्छन् भने जो आए पनि ठीकै छ । कसैलाई नेतृत्व पाउनुपर्छ भन्ने लागेको छ भने प्रतिस्पर्धामा आउन । एकातर्फ प्रतिस्पर्धाको राजनीति अवलम्बन गरेको भन्ने, अर्कोतर्फ प्रतिस्पर्धामा माधव नेपाल आउनेबित्तिकै उहा“ले छोडेर भाग्नुपरयो भन्ने, यस्तो पनि हुन्छ ? आउनुपरयो प्रतिस्पर्धामा । हो एउटा कुरा म मान्दछु, उही पदमा दोहोरयाउनु हुँदैन । म महासचिवको पदमा फेरि जान्न । उपाध्यक्ष पनि हुन्न । पहिलो नेपालको आन्तरिक राजनीतिमा हुने प्रतिस्पर्धामा एमालेलाई सर्वश्रेष्ठ सावित गर्नुछ । दोश्रो अन्तर्राष्ट्रिय क्षेत्रमा एमालेलाई स्थापित गरेर अझ अगाडि बढाउनुपर्दछ । यी धेरै चुनौतीहरु छन् पार्टीको लिडरशीपको अगाडि । पद पाउनु रहरको कुरा होइन । एकचोटि पद पाएर जीवनको तात्पर्य पूरा हुने होइन । समाजको परिवर्तन्, समाजको रुपान्तरण, आर्थिक सामाजिक रुपान्तरणको अगुवाई गर्न सक्नुपरयो र नेपाल राष्ट्रको अन्तर्राष्ट्रिय प्रतिष्ठा र ख्याती बढाउनुपरयो ।

नेताहरुको आफ्ना–आफ्ना विशेषता छन्, योगदान पनि छ । उहाँहरुको उचित व्यवस्थापन हुनुपर्छ । बेवास्ता गरेर जानु हु“दैन । उचित व्यवस्थापन हुनुपर्छ । उसको योग्यता, क्षमता र योगदानका आधारमा ती ती ठाउँहरुमा साथीहरुलाई हामीले व्यवस्थापन गर्नुपर्दछ । ठाउँहरु छन्, कोही राष्ट्रपति हुने, कोही प्रधानमन्त्री हुने । विभिन्न पदहरु तहहरु छन् । कुनचाहिं एउटा युवाले घोषणा गरिदियो रे माधव नेपाल सल्लाहकारको अध्यक्ष हुनुपर्छ भनेर । त्यस्तै अर्को बूढा मान्छे भन् भने कम्युनिष्ट ज्येष्ठ मञ्चको सभापति बनाइदिन्छौं । वृद्ध मञ्चको पनि सभापति बनाइदिन्छौं । धेरै बकबक बोल्नेहरुको पनि एउटा बेग्लै टोली बनाइदिउँला ।

कुराकानीमा आधारित

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us