आर्यनको बिहे आज

काठमाण्डु टुडे २०७१ वैशाख ६ गते ३:०६ मा प्रकाशित

Aryan_sigdelकाठमाण्डु, ६ वैशाख – नायक आर्यन सिग्देलको आज बिहे हुँदैछ ।

उनले आफ्नी प्रेमिका सपना भण्डारीसँग हिन्दू परम्परा अनुसार बिहे गर्न लागेका हुन् ।

जोरपाटी, काठमाण्डु निवासी सपनासँग आर्यनले गत मंसिरमै इन्गेजमेनट गरेका थिए । आर्यनले आज काठमाण्डुको एक ब्यांकक्वेटमा बिहे गर्ने र आइतबार भोज खुवाउने बताएका छन् ।

भोजका लागि उनले आफन्त र चलचित्रकर्मी तथा संचारकर्मीलाई निम्तो र कार्ड पठाएका छन् । नोभेम्बर रेनबाट निर्माता बनेका आर्यनको सो फिल्म १२ वैशाखमा रिलिज हुँदै छ ।

बिहेपछि उनी पूर्ण रुपले फिल्म रिलिजका लागि खट्ने बताएका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us