
काठमाण्डु, ५ वैशाख – नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनलाई बुझाउनुपर्ने रकम दिन सरकारले बेवास्ता गर्दा उपभोक्ताले एक सातादेखि पेट्रोलियम पदार्थको चर्को अभाव खेप्नुपरेको छ ।
आइओसीलाई बक्यौता तिर्न माघदेखि नै माग गरे पनि तीन महिनासम्म पनि रकम दिने बिषयमा अर्थ मन्त्रालयले छलफल नै गर्न नचाहेको र आइओसीले ३० प्रतिशतले तेल कटौती गरिदिएपछि अभाव सुरु भएको निगमको दाबी छ ।
हाल उपत्यकामा सेना, प्रहरी, शसस्त्र र साझा सहकारीबाट सञ्चालित पम्पले उपभोक्तलाई लागतभन्दा कम मूल्यमा बिक्री गर्ने गरिएको र तेल बेचेर बजारबाट उठाएको पैसाले आइओसीलाई भुक्तानी गर्न नसक्ने निगमको दावी छ ।
यो अप्रिल महिना पनि निगमले ७२ करोड ७८ लाख रुपैयाँ अपुग हुने जनाएको छ । यसरी अपुग भएको रकम बक्यौदा बस्दै जान्छ ।
निगमका प्रवक्ता घिमिरेले बजारमा तेल बेचेर उठेको पैसाले आइओसीलाई तिर्न नपुगेकै कारण बक्यौदा बस्ने गरेको जानकारी दिए ।
बजारमा तेल बेचेर उठेको पैसाले आइओसीलाई तिर्न पुग्दैन, प्रत्येक महिना नोक्सान व्यहोर्नुपरेको छ घिमिरिले भने ।