नायिका मास्के भन्छिन्, ‘मलाई अनुपले मात्र नियन्त्रण गर्न सक्छ’

काठमाण्डु टुडे २०७१ वैशाख ३ गते १३:३३ मा प्रकाशित

काठमाण्डु, ३ वैशाख– अभिनेत्री दिया मास्केले अब छिट्टै आफ्नै गुरु अनुप बरालसँग लगन गाँठो कस्दै छिन् ।
diya-maskeyनिर्देशक बरालसँग चिनजान भएको सात वर्षपछि दियाले बिहे गर्न लागेकी हुन् । ‘उहासँग लामो समय सँगै काम गरें । घरमा बिहेको कुरा चल्यो, ‘दियाले भनिन्, ‘दुवैको घरमा एकअर्काको परिचय भयो ।

घरबाट ओके भइसकेपछि हामीले बिहेको निर्णय गरेका हौं ।’ बरालले मात्र आफ्नो रिसाउने स्वभाव नियन्त्रण गर्न सक्ने उनको दाबी छ ।

‘एक–अर्कालाई विपरीत कुराले आकर्षण गर्छ भनेजस्तै सायद अनुप सरसँग त्यो कुरा पाए हुँला’, उनी भन्छिन् । अनुप विवाहित हुन् । उनले श्रीमतीसँग पारपाचुके गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us