उप-निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाण्डु टुडे २०७१ वैशाख ३ गते १२:४९ मा प्रकाशित

matpetika-vote boxकाठमाण्डु,३ बैशाख – निर्वाचन आयोगले उप – निर्वाचनका लागि उमेद्वारी दर्ताको समय तोकेको छ । आगामी असार ८ गते हुने उप – निर्वाचनका लागि आयोगले जेठ ११ गतेका लागि उमेद्वारी दर्ताको समय तोकेको छ ।

निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार जेठ १५ गते उमेद्वारको सूची प्रकाशित गर्ने, १६ गते उमेद्वारी फिर्ताको समय छ । १७ गते अन्तिम नामावली प्रकाशित र १८ गते चुनाव चिन्ह प्रदान गरिने छ ।

काठमाण्डुको क्षेत्र नम्बर २, बर्दियाको १, चितवनको ४ र कैलालीको क्षेत्र नम्बर ६ मा उप-निर्वाचन हुदैँछ । मतदानको समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us