निशाको सरद को ?

काठमाण्डु टुडे २०७१ वैशाख २ गते ९:१९ मा प्रकाशित

sunny-deniyal-nisha-and-sarकाठमाण्डू – अल्लि कडा स्वभावकी नायिका निशा अधिकारी र क्रिकेटर सरद भेष्वाकरबीचको सम्बन्धलाई लिएर आजकाल बिभिन्न टिका टिप्पणी भइरहेका छन् ।

टिप्पणी नहोस पनि कसरी सार्वजनिक कार्यक्रममा दुबै जोडी हातमा हात र कुममा कुम मिलाएर हिडेपछि । पछिल्लो समय यी दुई जोडी जव फिटकिरी फिल्म हेर्न हल पुगे तव सबैको आँखा त्यहि पुग्यो ।

त्यसपछि यी दुई जोडीको चर्चा हुन थालेको हो । निशाले सरदका बारेमा बिभिन्न कुरा ट्वीट पनि गर्दै आएकी छिन् ।
जव चर्चित पोर्नस्टार सन्नी लियोन र उनका पति डेनियल नेपाली नयाँ बर्षको अवसरमा काठमाडौंको हायात होटलमा आयोजित कार्यक्रममा पुगे त्यही कार्यक्रममा निशा पनि सरदको हात समाउदै पुगेकी थिइन् ।

उनले र सरदले र सन्नीसँग तस्विर खिच्न पनि भ्याए । हरेक कार्यक्रममा निशाको साथमा सरद भएपछि मानिसहरुले शंका नगर्नुपनि ठुलो कुरा होइन । तर त्यस बिषयमा निशाले केहि बोल्न मानेकी छैन ।

जे भएपनि निशा जी कुरा कतिन्जेल लुकाउनुहुन्छ, एक दिन त थाहा भइहाल्छ नी हैनर ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us