
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा हनिमुन मनाउने मात्र होटल छैन्, सम्बन्ध बिच्छेद गर्ने होटल पनि छ भन्दा तपाईलाई आश्चर्य लाग्न सक्ला ।
तपाईले सुन्नु भएको समाचार साँचो हो । अहिले नयाँदिल्लीमा यस्तो होट खोलिएको छ त्यहाँ हनिमुन होइन, श्रीमान श्रीमति आएर सम्बन्ध बिच्छेद गर्दछन् । सम्बन्ध बिच्छेद गर्ने होटलको नाम हो डाइभोर्स होटल डक कम ।
यस होटलबाट तपाई आफनो विवाहलाई चेक आउट गर्न सक्नुहुनेछ ।
यस होटलबाट एकदम सहज र सरल तरिकाबाट सम्बन्धबिच्छेद गरिने होटलक निर्देशक निम हामफेन्स दावी गर्दछन् । सल्लाह तथा सुझावहरु लिन होटलमा नै कानुनविद, रियल स्टेट एजेन्ट, लगायतका बिशिष्ट ब्यक्तिहरु राखिएको छ ।
घण्टाको निश्चित रकम दिएर कोठा बुक गर्न सकिनेछ । सम्बन्ध गर्ने यस्तो होटल नेदरल्याण्डमा पनि छ । नेदरल्याण्डमा रहेको यस्तै होटलले प्रतिघण्टा १ सय ५० यूरो लिने गर्दछ ।