
काठमाण्डु, १ बैशाख –गीतकार क्षेत्रप्रताप अधिकारीको निधन बरिष्ठ गीतकार क्षेत्रप्रताप अधिकारीको निधन भएको छ ।
शनिवारदेखि गंगालाल हृदयकेन्द्रमा उपचार गराइराखेका अधिकारीको गएराति निधन भएको हो ।
कविका रुपमा समेत परिचित अधिकारीको उपचारमा संलग्न चिकित्सकहरुले हिजो साँझ सवा ८ बजे मृत घोषणा गरेका थिए ।
अधिकारीको उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्यमा सुधान हुन सकेको थिएन् । ७२ बर्षीय अधिकारीका दुई छोरा छन् । गीतकार अधिकारीले मृत्युपछि आफ्नो शव बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई दान दिने घोषणा गरेका थिए ।