यस्तो छ, फिफा वर्ल्डकप २०१४ को आधिकारीक गीत

काठमाण्डु टुडे २०७० चैत २७ गते ९:३६ मा प्रकाशित

काठमाण्डु, २७ चैत – विश्व फुटबलको नियमनकारी निकाय फिफाले ब्राजीलमा यसैवर्ष हुने विश्वकप फुटबल प्रतियोगिताका लागि अधिकारीक गीत सार्वजनिक गरेको छ ।

जसमा क्यूबा मूलका अमेरिकन ¥याप संगितकार पिटबुलको संगित तथा जेनिफर लोपेज र ब्राजिलियन गायिका क्लाउडिया लेट्टेको स्वर छ ।

समाचार एजेन्जी सिन्ह्वाका अनुसार फिफाद्वारा मंगलबार जारी गीत ‘वि आर वन –ओले, ओला’मा शान्ति तथा एकताको संकेत दिइएको छ ।

फ्लोरिडामा छायाङ्कन गरिएको यस गीतको भिडियो पनि यसै महिना रिलिज हुने अपेक्षा गरिएको छ । ब्राजील र क्रोएसियाकाबीच १२ जुनमा हुने उद्घाटन खेल अघि आयोजना हुने समारोहमा पिटबुल, लोपेज र लेट्टेले यो गीत प्रस्तुत गर्ने छन् ।

विश्वकपका लागि जारी गरिएको संगीत एल्बम ‘वन लभ, वन रिदम’मा रिकी मार्टिन, सैंटाना, शकीरा तथा बेबेल गिलबटरेले गाएका नयाँ गीत सामेल गरिएको छ । यस एल्बम विश्वकप सुरु हुनुभन्दा ठीक एक महिना पहिला १२ मे मा रिलिज गरिनेछ ।

गीतको अडियो

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us