
काठमाण्डु– नायिका कैट्रिना कैफसँगको प्रेममा डुबेका बलिउड नायिक रणवीर कपुरलाई अर्की नायिका आलिया भट्टले बिहेको प्रस्ताव राखेकी छन् ।
हट नायिकाको परिचय बनाएकी आलियाले एक टेलिभिजन शोमा चकलेटी नायक कपुरलाई बिहे प्रस्ताव गरेकी हुन् ।
बलिउडका चचिर्त निर्देशक करण जोहरको टक शो ‘कफी विथ करण’ मा आलियाले रणवीरको खुलेरै प्रशंसा गरेकी छन् ।
रणवीरजस्तै आकर्षक ‘हिरो’लाई आफ्नो जीवनमा चाहेको उनको भनाइ छ । त्यसबारे रणवीरकी आमा नितु कपुर र कैफलाई समेत थाहा भएको उनको भनाइ छ ।
‘म रणवीरजस्तै हिरोलाई जीवनको सहारा बनाउन चाहान्छु’, आलियाले भनेकी छन्, ‘यो कुरा रणवीरकी प्रेमिका कैट्रिना र आमा नितुलाई पनि थाहा छ ।’