वर्गसङ्घर्ष, मौसमी आन्दोलन र क्रान्तिको भविष्य

काठमाण्डु टुडे २०७० चैत २३ गते ८:०३ मा प्रकाशित

Khem 1‘एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताबिना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारावर्ग एवम् आमजनताप्रति अपराध हुने कुरामा हामी दृढ छौँ । यो सङ्घर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादी वर्गलाई दबाब दिई सामान्य सम्झौतामा टुङ्ग्याउने साधन बन्न कदापि दिइनेछैन ।’ – दस्ताबेजबाट ।

विषारम्भ
उपर्युल्लिखित प्रतिवद्धताका साथ महान् दस बर्से जनयुद्धमार्फत् राजतन्त्रलाई अन्त्य निरन्तर अघि बढिरहेको माओवादीको कार्यभार भनेको राज्यको पुनर्संरचना गर्नु, सदियौँदेखि कायम रहँदै आएको एकात्मक तथा एकीकृत शासन प्रणालीको अन्त्य गरेर स्वायत्त गणराज्यसहितको जनताको सङ्घीय गणतन्त्रात्मक राज्यव्यवस्था स्थापना गर्नु र जातीय लिङ्गीय, वर्गीय र क्षेत्रीय विभेदहरूलाई अन्त्य गर्दै समानतामूलक समाजको निर्माण गर्नुका साथै जातीय, क्षेत्रीय, वर्गीय, लिङ्गीय दृष्टिकोणले पछाडि पारिँदै आएका सीमान्तकृत एवम् पहुँचविहीन समुदायलाई राज्यको माथिल्लो निकायमा पु¥याउन र जनतालाई सार्वभौमसत्ता सम्पन्न तुल्याउँदै जनतालाई देशको वास्तविक मालिक बनाउनका निम्ति जनताको सङ्घीय गणतन्त्रात्मक संविधान निर्माण गरेर नयाँ जनवादी क्रान्ति पूरा गर्नु नै हो । यो प्रक्रियालाई पूरा गर्न जनविद्रोहमार्फत् नयाँ जनवादी क्रान्तिको अन्तिम तयारी गर्नुको विकल्प छैन । माओले भनेका छन्– “क्रान्ति हुनु छ भने क्रान्तिकारी पार्टी हुनैपर्छ, क्रान्तिकारी पार्टीबिना, माक्र्सवादी–लेनिनवादी क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पद्धतिअनुसार बनेको पार्टीबिना, साम्राज्यवाद तथा यसका दलाललाई पराजित गर्न र विशाल जनसमुदायलाई नेतृत्व गर्न असम्भव छ ।” त्यसैगरी स्टालिनले थपेका छन्– “एक नयाँ पार्टी, एक लडाकु पार्टी, एक क्रान्तिकारी पार्टीको आवश्यकता छ । यस्तो साहसिलो पार्टी, जसले सत्ता प्राप्त गर्ने सङ्घर्षमा सर्वहारावर्गको नेतृत्व गर्न सक्छ । यस्तो अनुभवी पार्टी जसले क्रान्तिकारी परिस्थितिका जटिल अवस्थाहरूमा पनि आफ्नो बाटो पहिल्याउन सक्छ र यस्तो चहकिलो पार्टी जो आफ्नो लक्ष्य प्राप्तिका निम्ति रहेका सारा लुकेका चट्टानहरूबाट जोगिएर अगाडि बढ्न सक्छ । यस्तो पार्टी नभइकन साम्राज्यवादको तख्ता पल्टाउने र सर्वहारा अधिनायकत्व कायम गर्ने कुरा सोच्नु निरर्थक हुन्छ ।” माओ र स्तालिनले माथि भनेजस्तै नेपाली क्रान्तिको निम्ति अब त्यो आँट गर्नैपर्छ । जनयुद्धको जगमा टेकेर नेपाली क्रान्ति पूरा गर्ने दिशातिर अघि बढेर तथा नेकपा–माओवादीलाई वैचारिक, राजनीतिक, सङ्गठनात्मक तथा सैद्धान्तिक रूपमा एकतावद्ध पारेर पार्टीलाई जनविद्रोहमा होम्ने हो भने नेपालमा विजय सम्भव छ । अहिले हाम्रो प्रतिबद्धता यही हुनुपर्दछ ।

जनयुद्ध दिवस
विविध कार्यक्रमहरूका साथ १९ औँ जनयुद्ध दिवस मनाइएको पनि धेरै समय भएको छैन । नेपाली धर्तीमा महान् जनयुद्धको थालनी भएको थियो भन्ने कुरा इतिहासका विषय भयो कि त्यो निरन्तरतामा छ ? आज प्रश्नहरू उठ्न थालेका छन् । सामन्तवाद र साम्राज्यवादलाई नेपाली धर्तीबाट बढार्दै जनगणतन्त्र नेपालको स्थापनाबिना उठाइएका हतियार बिसाइयो भने त्यो नेपाली जनता र विश्वभरकै श्रमजीवि वर्गप्रति विश्वासघात, धोका र बेइमानी हुनेछ, त्यसैले अन्तसम्म लैजाने दृढताबिना हतियार उठाउनु अपराध हुनेछ भन्ने प्रतिबद्धताका साथ १ फागुन, २०५२ मा नेपाली जनयुद्धको सुरुआत भएयता नेपाली श्रीमजीविवर्ग र क्रान्तिकारी तप्काले यसलाई आत्मसात् गरेका छन् तर नेतृत्व तहबाट बिर्सिदै जाने खतरा बढेको छ । यसले औपचारिकता मात्रै प्राप्त गर्नु सुखद् सन्दर्भ हुनैसक्तैन । जनताको हात करिब करिब रित्तै छ । बा¥हबुँदे समझदारीयता संयुक्त जनआन्दोलन, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, संविधानसभाको पहिलो र दोस्रो निर्वाचन, क्रान्तिकारी पार्टीको पुनर्गठनजस्ता राजनीतिक घटनाक्रमहरू धेरै अघि बढेका छन् । यतिखेर जनताले सगौरव भनिरहेका छन्– जनयुद्ध जारी छ । दसवर्षे जनयुद्धमार्फत् नेपाली जनताले अघि सारेका एजेन्डाहरूको सम्बोधन भएकै छैन । नेपाली क्रान्तिको वर्तमानमा दृढसङ्कल्प र एकताबद्धताका साथ एकपटक फेरि जगत् थर्कने गरी जनविद्रोहमा होमिँदै सामन्तवाद र साम्राज्यवादका बँचेखुचेका अवशेषहरूलाई समाप्त पारी नयाँ जनवादी गणतन्त्रात्मक संविधान लागू गर्ने दिशामा अघि बढ्नुको विकल्प छैन । यही दिशातर्फको ठोस तयारी र कार्यान्वयन गर्नु क्रान्तिकारी शक्तिको दायित्व हो ।
क्रान्ति र विद्रोहको विकल्प मूर्दा शान्ति र बुर्जुवा लोकतन्त्र हुनै सक्तैन । जनमुक्ति सेना भनेको २१ औँ शताब्दीको प्रतिक्रान्ति रोक्ने शक्ति हो भन्ने हामी माओवादीहरू आज त्यो सेना के भयो ? चिनियाँ क्रान्ति सपन्न गर्ने जनमुक्ति सेनाहरूका आडमा चीनमा किन प्रतिक्रान्ति भयो ? चीनमा जस्तै विश्वासै विश्वासमा देङमण्डलीको पछि लागेर प्रतिक्रान्तिका साधन बनेजस्तै जनमुक्ति सेनाले किन विद्रोहको झन्डा बोक्न सकेन ? जनयुद्धको भूमिकासहित आएका केही मानिसहरू आज किन नराम्ररी बिग्रिएका छन् ? सवालहरू गम्भीर र पेचिला छन् । वर्गीय समाजमा सबै कुरा वर्गीय नै हुन्छन् भने झैँ मुक्तिकामी जनताले बुझेका छन् । क्रान्तिलाई हर्र्ष, उल्लास र उत्प्रेरणाको रूपमा लिन आवश्यक छ । नेपाली जनताले माओवादीको नेतृत्वमा नयाँ उद्घोषका साथ हतियार उठाएको परिघटना सामान्य छैन । इतिहास, विद्रोह, बलिदान, त्याग र आत्मोत्सर्गको समष्टिमूल्य संसारभरिका श्रमजीविका पुँजी हुन् । महान् ध्यंस र महान् निर्माणको ऐतिहासिकतासित गाँसिएको नेपाली क्रान्ति वास्तवमै महान् छ । त्यसैले जनयुद्धका प्रतिवद्धताहरूको पुनःस्मरण गरौँ । नयाँ प्रतिवद्धताका नयाँ चुनौतीहरूसित लड्न तयार रहौँ । लेनिनले जस्तै पार्टीभित्रका ट्राटस्कीहरूलाई खबरदारी गरौँ । नेपालमा एउटा राजनीतिक धक्काको आवश्यकता छ । पार्टीभित्रका मेन्सेभिकहरू पनि छन् । सबैलाई रूपान्तरण गरेर पार्टीलाई बोल्सेभिकीकरण गरौँ ।

मौसमी आन्दोलन
एमाओवादीमा आएको विभाजनले नेपालको कम्युनिस्ट आन्दोलनले ठुलो सेटब्याक खाएको छ । यसको मुख्य कारण प्रचण्ड–बाबुरामले दक्षिणपन्थी नवसंशोधनवादको चौपल नचाउनु हो । त्यसपछिका आन्दोलनहरू मौसमी प्रतिक्रियाका रूपमा परिणत भएका छन् । लोकमानसिंह कार्कीको नियुक्तिको विरोधमा भएको आन्दोलन पनि प्रतिक्रियामै सीमित रहे । यसबीचमा यस्ता असङ्ख्य आन्दोलनहरू भए, जुन मौसमी आन्दोलनको तहभन्दा माथि उठ्न सकेन । कथित दोस्रो संविधानसभाको अधिवेसनको पहिलो दिनको विरोध पनि त्यो स्तरभन्दा माथि उठेन । अहिले पनि आन्दोलनका स्वरहरू प्रेसविज्ञप्तिभन्दा माथि नउठेको सबैका सामु जगजाहेरै छ । नेपालमा विभिन्न प्रकारका आन्दोलन हुँदै आएका छन् । यसको प्रभावकारिता पनि आ–आफ्नै सापेक्षतामा आधारित रहँदै आएका छन् । यी सबैको सङ्केन्द्रीकरण १० वर्षको जनयुद्ध थियो । नेपालको वर्गसङ्घर्षको यो सर्वाेच्च रूप हो । नेपाललाई स्वतन्त्र बनाउन र नेपालीलाई नेपालको मालिक बनाउन आजसम्म भएको अनेकौँ निःशस्त्र र सशस्त्र आन्दोलनमा जनताले धेरै रगत पसिना बगाए । पटकपटक आन्दोलन गर्नु, उपलब्धि प्राप्त गर्नु, ती उपलब्धिहरू संस्थागत गर्न नसक्नु नेपाली राजनीतिको अभिशाप रहँदै आएको छ । १० वर्षको जनुद्धपछि, २०६२÷०६३ पछिको आन्दोलनहरू प्रतिक्रियामा सीमित रहे । त्यसको अलिकति गुणात्मक उचाइ नेकपा–माओवादीको नेतृत्व र ३३ दलीय राजनीति मोर्चाको सहभागितामा भएको कथित संविधानसभा निर्वाचनको विरुद्ध गरिएको आन्दोलन हो । यो आन्दोलन मौसमी आन्दोलनबाट अलिकति माथि उठेको थियो, यद्यपि त्यसपछिका गतिविधिहरू फेरि मौसमी हुन थालेका छन्, विरोधका लागि विरोध जस्ता मात्र देखिन थालेका छन् । जाडो मौसममा न्याना लुगा लगाउनु, गर्मी मौसममा पातला कपडा लगाउनुजस्तै विभिन्न सन्दर्भमा मौसमअनुरूपको प्रतिक्रिया स्वरूप अहिले आन्दोलन अघि बढेको प्रतीत हुन्छ । मौसमी आन्दोलनले तत्काल घिटीघिटी अस्तित्व त धान्ला तर यसले महान् उद्देश्य पूरा गर्दैन ।

जनसङ्घर्षका कडीहरू
नेपालमा मुक्तिकामी सङ्घर्षको लामो इतिहास छ । विभिन्न कालखण्डमा भारतसित भएको युद्ध, तिब्बतसित भएको युद्धको निकै महत्व रहेको छ । नेपाली राजनीति वीरधाराप्रधान भइरहेको अवस्थामा सुगौली सन्धिपछि ती सबै चीज उल्टिएको हो । त्यही बेलादेखि नेपालको राष्ट्रिय सावैभौमिकता खतारामा पर्न थालेको हो । त्यसपछिका दिनहरूमा प्रचण्ड गोरखा प्रजा परिषद्ले नेपाली समाजमा विद्रोहको नयाँ चेतनाको संस्थागत गर्भधारण गरेको थियो । त्यसको जगमा २००३ सालको मजदुर आन्दोलन, २००४ को जयन्तु संस्कृतम् आन्दोलन र २००७ सालको राजनीतिक आन्दोलन सम्पन्न भए । बारा, पर्सा, रौतहटको किसान आन्दोलन यसका थप शृङ्खला हुन् । कामी बुढादेखि भीमदत्त पन्तसम्मका विद्रोह पनि स्मरणीय रहेका छन् । २०१७ सालको प्रतिगामी फौजीकाण्ड त्यसको नकारात्मक परिघटना थियो । देशका धेरै ठाउँहरूमा भएका सङ्घर्षहरू मौसमी आन्दोलनमा सीमित भए । २०२८ सालको झापा आन्दोलन र २०३६ को विद्यार्थी आन्दोलन यसै सन्दर्भमा हुन पुगे । यी दुई आन्दोलन मौसमी आन्दोलनबाट माथि उठ्ने चेष्टा गरेको थियो । त्यही जगमा २०४६÷०६३ को जनआन्दोलन र त्यसका बीचमा भएका सङ्घर्षलाई ठीक ढङ्गले समीक्षा एवम् जनताको त्याग, तपस्या र बलिदानको मूल्याङ्न हुन जरुरी छ ।
अलिकति चैत २४ को सन्दर्भ उल्लेख गरौँ । चैत २४ ले नेपालको इतिहासमा छुट्टै पहिचान बनाएको छ । यो नेपालको इतिहासमा प्रतिरोधको पर्याय पनि हो । २०३५ साल चैत २४ गते नेपालका सचेत, जुझारु युवा–विद्यार्थीले पाकिस्तानका तत्कालीन प्रधानमन्त्री जुल्फीकर अलि भुट्टोलाई सैनिक सरकारले दिएको मृत्युदण्डको विरोधमा काठमाडौँमा प्रदर्शन गरेका थिए । यसले २०१७ सालबाट लागू भएको पञ्चायती व्यवस्थालाई अस्तव्यस्त बनायो । भुट्टोलाई दिइएको मृत्युदण्डको विरोधमा जागरुक, जुझारु युवा विद्यार्थीहरूले आन्दोलन सुरु गरेको दिन चैत २४ ले राजनीतिक परिवर्तनको सम्भावनालाई नजिक ल्याइदियो । त्यो बेला विद्यार्थीहरूले आफ्नो मृत्यु–पत्र वितरण गरी आन्दोलनमा होमिएका थिए । आन्दोलनले व्यापक जनतालाई गोलबन्द ग¥यो । अन्ततः भुट्टोको फासीविरुद्ध गरिएको आन्दोलन निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्धमा मात्रै नभई राजा र राजपरिवारको विरोधमा काठमाडौँमै ‘मुर्दावाद’ को नारा घन्कियो । यसरी नारा घन्किएपछि आन्दोलन रोक्नका लागि तत्कालीन अवस्थामा निर्विकल्प मानिएको पञ्चायती व्यवस्थामा जनमत सङ्ग्रहको घोषणा गरियो । यसले राजनीतिक आन्दोलनलाई उर्वर बनाए पनि जनमत सङ्ग्रहमा खुम्चिनुले यो पनि मौसमी आन्दोलनमै सीमित भयो । २०३५÷०३६ सालको विद्यार्थीले आन्दोलनले २०४६ सालको आन्दोलन जन्मायो । यो आन्दोलन पनि त्रिपक्षीय सम्झौतामा गएर टुङ्गियो, जसको गर्भमा २०५२ साल जन्मियो । यसले अग्रगामी परिवर्तनका लागि सम्झौताहीन सङ्घर्षको उद्घोष ग¥यो । जनयुद्ध आन्दोलनको, विद्रोहको, ध्वंस र निर्माणको समष्टि थियो । आज पनि यो अग्रगामी परिवर्तन र मुक्तिकामीहरूका लागि स्मरणीय र प्रेरक बनेको छ
२०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्थाको अन्त्य ग¥यो तर पछि तिनै पञ्चहरू शासक बने । २०६२÷०६३ को जनआन्दोलनपछि गणतन्त्रको स्थापना भयो तर सरकारको नेतृत्व भने जनताद्वारा पराजित र पुरानै संसदीय व्यवस्थाकै हिमायतीहरूले गरे । दोस्रो संविधानसभाको निर्वाचनबाट आएका भनिएका भन्नेहरू पनि तिनै पुरानै अनुहारका मानिसहरू शासक बनेका छन् । महापञ्च सूर्यबहादुर थापाले गराएको ‘सपथग्रहण’ र कमल थापाको ‘राजतन्त्रको लास’ को गन्धले अहिलेको संविधानसभा डुङ्डुङ्ती गनाएको छ । यसको कारण आन्दोलनलाई मौसमी वा प्रतिक्रियात्मक बनाउनु, त्यसलाई ‘बार्गेनिङ चिप्स’ को रूपमा परिणत हुनु हो । यो आन्दोलनकारीको नेतृत्वमा आएको भयानक विचलनको द्योतक हो । नेपालमा जतिजति आन्दोलन उत्कर्षमा पुग्ने गरेको छ, त्यतित्यति सम्झौतामा टुङ्ग्याइने गरेको छ । १९८७÷८८ को प्रचण्ड गोरखाको राणा विरोधी बमकाण्ड, १९९७ मा राणाविरोधी चारजनाको हत्या, २००७ सालको आन्दोलनहरू सबै सम्झौतामा लगेर टुङ्ग्याउने काम भयो । २०१७ सालमा राजा महेन्द्रले गरेको ‘कू’, २०२८ सालको झापा विद्रोह, २०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको आन्दोलन सम्झौतामा टुङ्ग्याउने काम भयो । २०४६ को राजनीतिक–सामाजिक–आर्थिक भेदभावको जगमा खडा भएको बहुदलीय व्यवस्थाले महङ्गी, कमिसन, दमन, हत्या, आतङ्क झन् चर्काएर लग्यो । स्वतःस्पूmर्त आन्दोलन र सामन्ती उत्पादन सम्बन्धको जगमा खडा भएको सामन्त, नोकरशाह र दलाल पुँजीपति राज्यव्यवस्थालाई जरैदेखि उखेलेर फाल्न माओवादीले २०५२ फागुन १ गतेबाट जनयुद्धको शङ्खघोष ग¥यो । त्यो १० वर्षसम्म चल्यो । यसक्रममा ते¥हहजारभन्दा बढीको सहादत भये । हजारौँ घाइते भए । पाँचहजारभन्दा बढी योद्धाहरू बेपत्ता छन् । तर पनि त्यसलाई प्रचण्डले १२ बुँदे सहमतिको आबरणमा औपचारिक रूपमा महान् जनयुद्धको अन्त्य भएको घोषणा गरिदिए । नेपालको इतिहासमा यो सबैभन्दा ठुलो प्रतिक्रान्ति थियो । झन् उदेकको कुरा यो छ कि जसको नेतृत्वमा महान् युद्ध उठ्यो, यसैको नेतृत्वमा प्रतिक्रािन्त भयो । यो नेपालको मात्रै नभएर विश्व कम्युनिस्ट आन्दोलनको एउटा नकारात्मक परिघटनाको रूपमा रहिरहनेछ ।
कम्युनिस्ट आन्दोलनमा भएको अनेकन् नकारात्मक शिक्षालाई सकारात्मक बनाउँदै सबै किसिमका मौसमी आन्दोलनलाई आमूल परिवर्तन खातिर क्रान्तिमा बदल्न आवश्यक छ । मौसमी आन्दोलनले केहीलाई लुटको लाइसेन्स दिँदो रहेछ भने लाखौँ जनसमुदायको जीवन बर्बाद बनाउँदो रहेछ । २०४६ साल चैत २४ गते संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिको आयोजनामा नेपाली जनता लाखौँको सङ्ख्यामा नाङ्गो छातीलाई ढाल बनाउँदै तीनधारा पाठशालाको महेन्द्रको सालिकलाई तोडफोड गर्दै गोलीले ढल्दाढल्दै पनि राजदरबार घेर्न अगाडि बढेजस्तै आज त्यो स्तरमा आन्दोलन किन उठिरहेको छैन ! त्यतिबेला पाँच सयभन्दा बढी नेपालीको दरबार अगाडि रगतको खोलो बगाएर हत्या गरिएको थियो । परिवर्तनले बलिदानको कोटाको माग गर्दछ । इतिहासका विभिन्न कालखण्डमा जनताले त्यो कोटा चुक्ता गर्दै आएका छन् । अझै पनि चुक्ता गर्न तयार छन् । २०४६ चैत २४ गते संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिको आयोजनामा भएको चैत २४ गते र २०६२÷०६३ सालमा जनआन्दोलन र जनयुद्धको उत्कर्ष सर्लाहीमा नाइटभिजन हेलिकोप्टर खसालेको दिनका रूपमा चैत २४ गते इतिहासमा सङ्घर्षको वीरगाथाको रूपमा दर्ज भइसकेको छ । क्रान्तिकारीहरूले यस्ता ऐतिहासिकतालाई बिर्सन मिल्दैन । उत्पादनका निम्ति सङ्घर्ष, वैज्ञानिक प्रयोग र वर्गसङ्घर्षमा भाग लिएकाहरूलाई यो कुराको राम्रै ज्ञान रहेको हुनुपर्दछ । अब सबै किसिमका जनसङ्घर्षका कडीहरूलाई जोड्न ढिलाइ गर्न हुन्न ।

क्रान्तिसम्बन्धी
क्रान्तिले क्रमभङ्ग र छलाङको माग गर्दछ । यसको चरित्र मौसमी वा प्रतिक्रियाको राजनीतिविरोधी हुन्छ । नेपालमा यतिखेर क्रमभङ्गको आवश्यकता रहेको छ । फेरि यतिबेला नेपाली राजनीति अभाव, असहजता, आशङ्का र अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको छ । जनयुद्ध तथा जनआन्दोलनका क्रममा जनताले बगाएका रगतका टाटाहरू अहिले पनि आलै छन् । महान् सहिदहरूका सपनाहरू, बेपत्ता परिवारका आर्तनाद तथा घाइतेहरूका चह¥याइरहेको घाउ आज पनि जस्ताको तस्तै छन् । देशमा संविधानसभाबाट जनताको संविधान बन्ने सम्भावना रहेन । फेरि एकपटक मुक्तिकामी नेपाली जनता दस बर्से महान् जनयुद्ध, उन्नाइदिने महान् जनक्रान्ति र त्यसपूर्वका ऐतिहासिक गौरवपूर्ण जनसङ्घर्षहरूलाई पुनःस्मरण गर्न आवश्यक छ ।
यतिखेर देशको सीमा मिचिएको छ । काला बजारीयाहरूको जगजगी छ । जलमाफियाहरूबाट कृत्रिम रूपमा लोडसेडिङ गराइएको छ । शासकहरूका अपारदर्शिता, ब्रह्मलुट र सत्ता लम्पटपना बढेको छ । सामन्तवाद ज्युँकात्यूँ छ । राष्ट्रघातीहरू राष्ट्रवादको नक्कली आबरणमा लुट मच्चाइरहेका छन् । महान् सहिदहरूको रगतको अपमान भएको छ । यी राष्ट्रघाती र जनविरोधी तŒवहरूलाई बेलैमा चिन्नु जरुरी छ । निरङ्कुश राजतन्त्रको साङ्लोबाट नेपाल र नेपाली जनतालाई सधै“का लागि मुक्त गरेर सुन्दर र समृद्ध नयाँ नेपालको निर्माण गर्न सर्वस्व त्यागेर मुक्ति आन्दोलमा लामबद्ध लाखौँ योद्धाहरूलाई के बिर्सन मिल्छ ? अध्ययन गर्न नपाएकाहरू, भीषण वर्गयुद्धका क्रममा कुमारीत्व गुमाएकाहरू, कालकोठरीमा असह्य यातना पाएकाहरू, अङ्गभङ्ग भएकाहरू, सास वा लासको आशामा वषौँदेखि कुरी बसेका बेपत्ताहरूका आफन्तजनहरू के बिर्सन सकिने विषय हुन् ? जनताले त्यस्तो हुन कदापि दिनेछैनन् । नेपाली क्रान्तिको ठोस कार्यदिशालाई मूर्त र व्यवस्थित गर्न नसक्नु, कार्यनीति सही भए पनि त्यसलाई मूर्त रूप दिन नसक्नु नेपाली कम्युनिस्ट आन्दोलनका समस्याहरू रहँदै आएका छन् । गञ्जागोल कार्यनीतिले सही ठाउँमा पु¥याउँदैन । सैद्धान्तिक एवम् वैचारिक अवधारणालाई व्यवहारमा प्रयोग गर्न आवश्यक छ । जब राजनीतिक परिवर्तनका लागि एकताको भाव पैदा हुन्छ, तब जनता स्वतःस्फूर्त रूपमा उत्रिन्छन् । त्यसलाई क्रान्तिको महाभियानमा बदल्न आवश्यक हुन्छ ।
मौसमी आन्दोलनलाई क्रान्तिमा बदल्न सकिन्छ र सक्नुपर्छ । हरेक वस्तुभित्र विपरीत तत्वहरू हुन्छन् । पार्टी पनि विपरीतहरूको एकत्व हो भन्ने ज्ञानलाई जीवन व्यवहारमा लागू गर्दै हरेक अन्तर्विरोधको नयाँ विधिबाट हल गर्नुपर्छ । सही कार्यदिशा यसको प्रस्थानबिन्दु बन्नुपर्दछ । राजनीतिक अधोपतनबाट जोगाउने विधि भनेको दुईलाइन सङ्घर्ष नै हो । यसलाई निजी आकाङ्क्षाको साधन बन्नबाट जोगाउने कुरा महत्वपूर्ण छ । सोपानक्रममा उत्तराधिकारीको निर्माण गर्दै वैचारिक, राजनीतिक, सङ्गठनात्मक, फौजी, सांस्कृतिक र आर्थिकलगायत कार्यदिशा तथा कार्यशैलीमा एकरूपताको खाँचो छ । राज्यसत्ताबाहेक सबै भ्रम हो भन्ने कुरामा प्रतिबद्ध रहनुपर्दछ । वर्ग–विरोधलाई समस्याको रूपमा बुझ्ने र व्यवहार गर्नेजस्ता गम्भीर कमजोरीबाट बच्दै वर्गीय दृष्टिकोणमा विचलन आएपछि जातीय, क्षेत्रीय, लिङ्गीय, धार्मिक, सांस्कृतिकलगायत समस्याहरू देखापर्ने कुरामा स्पष्ट हुनुपर्दछ । जडसूत्रवादको विरोध गर्दा संसदवादमा धसिने र संसदवादको विरोध गर्दा जडसूत्रवादमा फसिने खतराप्रति सचेत हुँदै राष्ट्रियता, जनतन्त्र र जनजीविकालाई परिपूरक बनाउँदै क्रान्तिलाई अघि बढाउनुको विकल्प छैन । पुँजीवादीहरूले गरेको सफलताबारे गम्भीर अध्ययन गर्दै दक्षिणपन्थी नवसंशोधनवादीहरूको भण्डाफोर एवम् भूमिसमस्यालाई क्रान्तिसित जोड्नुपर्दछ । पछिल्लो सङ्क्रमणकालीन चरणमा पार्टी तथा र राष्ट्रको राजनीतिक जीवनको गम्भीर समीक्षा गर्दै क्रान्तिकारीहरूले संसदको उपयोग गर्दा त्यसलाई शासन गर्ने अवसरका रूपमा बुझ्दा पैदा भएका अनगिन्ती विकृतिलाई जनसमक्ष ल्याउनुपर्दछ । सबै किसिमका क्रान्तिकारी सङ्घर्षलाई बचाउने र समृद्ध पार्दै लैजाने तथा नेतृत्वको देवत्वकरण हैन, विश्वास र आशङ्काको द्वन्द्ववादको रूपमा लिँदै तथा निरन्तर विचारधारात्मक सङ्घर्ष चलाउनुपर्ने माक्र्सवादी दायित्वलाई निरन्तर अघि बढाउनुपर्छ ।
कार्यकर्ताको आत्मविश्वास र सिर्जनशीलतालाई समृद्ध पार्दै प्रतिक्रान्तिसँग लड्ने साहस जुटाउँदै पिछडिएका जाति तथा समाजभित्र रहेको श्रमजीविहरूको जनवादी संस्कृतिको पक्षपोषण गर्न विशेष पहल गरिनुपर्दछ । सदैव सर्वहारावर्गले जित्ने स्थितिको खोजी गर्दै बोल्सेविकहरूले कसरी पार्टी निर्माण गरेका थिए भन्ने कुराको गम्भीर अध्ययन गर्न आवश्यक छ । जनवादको आधारशिलामाथि समाजवाद उभिने भएकोले ‘समाजवादी क्रान्ति’ को गुड्डी हाँक्नेहरूको नियतलाई जनतामाझ छर्लङ्ग पार्नुपर्छ । खास नेतृत्वबिना श्रमिकवर्ग क्रान्तिकारी शक्ति बन्न सक्ने कुरामा लेनिनको शङ्कालाई निवारण गर्दै पार्टी र वर्गको केन्द्रीकरणमा उचित ध्यान दिन आवश्यक छ । महिला, उत्पीडित जातिलाई विशेष ध्यान दिँदै रूपान्तरणलाई उच्च महत्वका साथ पार्टीभित्रको भ्रष्ट आचरणलाई निरुत्साहित गर्न प्रतिवद्ध हुनुपर्छ । नेपाली समाजको वर्ग–उपवर्ग विश्लेषण र तिनलाई क्रान्तिमा समाहित गर्दै क्रान्तिको नयाँ मोडेलको विकासमा विशेष ध्यान दिन आवश्यक छ । सूचना तथा सञ्चारलाई व्यवस्थित गर्दै तथा न्यु मिडियालाई व्यापक उपयोग गर्दै नेता तथा कार्यकर्ताको उचित व्यवस्थापन गर्नुपर्छ ।

निष्कर्ष
अहिले पार्टी एकताबारे गलत प्रचार गरिएको छ । पार्टी विभाजन गरेर गल्ती भएको निष्कर्षमा पुगेका ‘नेकपा–माओवादी’ का शीर्षनेताले जेठसम्म एकीकरण गर्ने सैद्धान्तिक सहमति गरेका छन् भनेर एमाओवादी निकट नेता तथा प्रचार संयन्त्रले गलत प्रचार गरेको छ । प्रचण्ड–बाबुरामलाई सहीमार्गमा ल्याउन नसकेपछि क्रान्तिकारीहरुले विचारको रक्षाा, क्राािन्तको निरन्तरता र महान् जनयुद्ध सुरु गर्दाको प्रतिबद्धतामा गम्भीर भएर नै सम्बन्ध विच्छेद गरेका हुन् । यो सम्बन्ध विच्छेद सही थियो । अझै पनि यसको औचित्य सकिएको छैन । आफ्नो भयानक गल्तीको ढाकछोप गर्ने मनसायले एमाओवादीले नेकपा–माओवादीको मानममर्दन सुरु गरिएको प्रति सचेत बनौँ । कसैलाई धुरीमा चढाउन विचार, आम जनसमुदायको सपना, मुलुकको आवश्यकता र क्रान्तिलाई सहिद बनाउने कुरा अस्वीकार्य छ ।
साथै, वर्गसङ्घर्ष, मौसमी आन्दोलन र क्रान्तिको भविष्यबारे कुरा गरिरहँदा पार्टीको आन्रिक जीवनको कुरा पनि गर्नुपर्ने हुन्छ । माओवादी पार्टीको जीवनमा अन्तरविरोधको केही प्रभाव देखिन थालेको छ । यो पार्टीको मूल कार्यदिशा ‘जनयुद्धको जगमा जनविद्रोह’ हो । यो आम कार्यदिशा हो तर यसले क्रान्ति गर्न लायक पार्टी बनाउने भन्दै स–साना कमिटी निर्माण गर्न थालेको छ । यो विशिष्ट पक्ष हो । भक्तपुर, बारा लगायतका जिल्ला पार्टीमा आएको समस्या र पत्रकार सङ्घको काठमाडौं शाखाको निर्वाचनमा देखापरेको परिस्थिति त्यसैको प्रतिबिम्बन हो । कार्यदिशा आम हुनु र सङ्गठन विशिष्ट बनाउन खोज्दा यी समस्या आएका हुन् । ‘माथि’ सहमत र ‘तल’ असहमत, मझौलाहरूको ‘फास्टट्रयाक’ को राजनीति, आधिकारिक कार्यदिशाका विरुद्ध अमूर्त र अलिखित कार्यदिशाको चर्चा एवम् प्रचण्ड–बाबुरामले अमूकअमूक नेतालाई उपयोग गर्नु तथा पार्टीले व्यक्तिलाई होइन कि व्यक्तिले पार्टीलाई उपयोग गर्नुले पार्टीमा गम्भीर समस्या पैदा हुँदै गएका छन् ।  पार्टीले यसको समाधान यथाशीघ्र गर्नुपर्दछ, नत्र यसले गुट हुँदै विचारधारात्मक स्वरूप लिँदै जाँदा नसोचेको र नचाहेको परिणाम आउन बेर छैन । मुख्य कुरा कार्यदिशाको हो । कार्यदिशा सही भए पार्टीको ज्यान हुन्छ, गलत भए हुँदैन । गलत कार्यदिशा बोेकेको पार्टीको विघटनलाई कसैले पनि रोक्न सक्नेछैनन् । क्रान्तिकारी कार्यदिशा र त्यसको सफल क्रियान्वयनबाट मात्र सकारात्मक इतिहास रचिनेछ । जनयुद्धको कुरा गर्नु एउटा कुरा हो, जनयुद्ध गर्नु अर्कै कुरा हो । त्यसैले पुनः एकपटक सबैले समवेत स्वरमा भनौँ– वर्गसङ्र्षलाई नयाँ उचाइमा उठाऔँ । क्रान्तिको बाटोमा अघि बढौँ । नेपालमा आमूल परिवर्तन गर्ने शक्ति माओवादी मात्रै हो । यो सत्यलाई भुलेर अर्को कुनै नयाँ शक्तिको खोजीमा भौंतारिनु भनेको कस्तुरीले आफ्नै वासना खोज्न अन्यत्र भौतारिएजस्तै हो । ‘बाबुरामपथ’ नेपाललाई ‘सिध्याउनेपथ’ बाहेक केही होइन । यो पथको माक्र्सवादसित कुनै साइनो छैन । यो पथको मूल उद्देश्य नेपाललाई भारतमा विलोपीकरण गर्नु हो । त्यसैले यसका विरुद्ध आमूल परिवर्तनको केन्द्र माओवादलाई बनाऔँ । वर्गसङ्घर्षद्वारा माओवादलाई चलायमान बनाऔँ । माओवादलाई पुस्तक वा दराजमा सीमित नगरौँ । यसले सङ्घर्षको मैदानमा जीवन प्राप्त गर्दछ । त्यसैले यतिखेर हामी सबैको ध्यान वर्गसङ्र्षतिर केन्द्रित हुन आवश्यक छ ।  महान् जुनयुद्ध, महान् जनआन्दोलनहरूका लक्ष्यलाई कदापि नबिर्सौ“ । जनताका सपनाहरू साकार तुलाउन इमानदार बनौ“ । बलिदानीपूर्ण ऐतिहासिक विरासततर्फ फर्किएर हेरौ“ । एकपटक फेरि आ–आफ्नो विगतलाई पनि सम्झौ“ । बिराइएको मोडहरूको समीक्षा गरौँ । नेपाली जनताका आकाङ्क्षा, महान् सहिदहरूका सपनालाई साकार पार्न टुटेको क्रान्तिलाई कडीलाई जोडेर निरन्तर क्रान्तिमा बदलौँ । बलिदानीपूर्ण र गौरवशाली इतिहासको कडीलाई क्रान्तिमा समाहित गरौँ । क्रान्तिको भविष्यसँगै आम जनसमुदायको मुक्तिको सवाल पनि अन्तर्सम्बन्धित हुने भएकोले सबै गम्भीर बनौँ । गम्भीरताका साथ क्रान्तिको कार्यभार वहन गरौँ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us