
काठमाण्डु, २२ चैत – विश्वबन्धु कार्कीद्वारा लिखित उपन्यास ‘मोना’ शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच बिमोचन गरिएको छ ।
सो कृतिको पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले बिमोचन गरे ।
इन्टरनेशनल लिटरेचर सोसाईटी वासिङ्गटन डिसीले प्रकाशन गरेको कार्कीको पहिलो उपन्यासमा २ सय ८ पेज रहेका छन् ।
विमोचनका क्रममा लेखक कार्कीले आफ्नो उपन्यास मदन पुरस्कार जित्न योग्य नभएपनि आम नेपालीले मन पराउने विश्वास व्यक्त गरे ।
उपन्यास सामान्य गरीब क्षेत्री परिवारमा जन्मिएकी ग्रामिण युवती मोनालाई केन्द्रीय पात्र बनाएर लेखिएको छ ।