सूर्यबहादुरद्वारा छोरालाई आपूर्तिमन्त्रीमा सिफारिस

काठमाण्डु टुडे २०७० चैत २० गते १३:१८ मा प्रकाशित

sunil thapaकाठमाण्डु, २० चैत – राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो भागमा परेका १ मन्त्री र १ राज्यमन्त्रीको नाम प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएको छ ।

राप्रपाले आफ्नो भागमा परेको आपूर्तिमन्त्रीमा अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिल थापा र राज्यमन्त्रीमा गिरीबहादुर केसीको नाम सिफारिस गरेको हो ।

पार्टीमा लामो छलफल र विवादका बीच सूर्यबहादुरले छोरालाई मन्त्रीमा सिफारिस गरेका हुन् । थापा धनकुटा क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए ।

मन्त्रीका लागि दिपक बोहोरा पनि आकांक्षी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us