एकै दिन दुई हात्ती मृत भेटिए

काठमाण्डु टुडे २०८२ असार ३ गते १३:३९ मा प्रकाशित

काठमाण्डू, ३ असार– हिजो एकै दिन कोशी प्रदेशका दुई जिल्लामा दुई वटा हात्ती मृत भेटिएका छन् । सोमबार बिहान सुनसरी र झापामा दुई हात्ती मृत फेला परेको हो । सोमबार बिहान सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा जंगली हात्ती मृत अवस्थामा फेला परेको थियो ।

कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा अन्दाजी ७ वर्ष उमेरको भाले हात्ती मृत अवस्थामा भेटिएको हो । हात्तीको मृत्युको कारण खुलेको छैन । सोमबार बिहान नै झापाको मेचिनगरमा पनि हात्ती मृत फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका– १ गणेश टोलमा रहेको मकैबारीमा बयस्क पोथी हात्ती मृत भेटिएको छ । दुवै हात्तीको मृत्युको कारण खुलेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us