शिव पौडेलको हत्यारालाई ८ वर्ष कैद

काठमाण्डु टुडे २०७० चैत २० गते १२:५६ मा प्रकाशित

चितवन, २० चैत – जिल्ला अदालत चितवनले तरुण दल चितवनका तत्कालिन अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश विनोदमोहन आचार्यको इजलासले पौडेल हत्यामा संलग्न सुनिल गुरुङ, सुनिल केसी, शरण गुरुङ, सुरज श्रेष्ठ, फणिन्द्र श्रेष्ठ, दिलबहादुर लामा, सुजेन्द्र राई र अमिर गुरुङलाई जन्मकैदको फैसला सुनाएको हो ।

यस्तै प्रकाश तामाङ, अमित लामा, विक्रम लामा, चन्द्रबहादुर थापा, भीमकुमार पाख्रिन, राजकुमार घलानलाई पाँच(पाँच वर्ष कैदको फैसला सुनाइएको छ । अन्य १३ जनालाई अदालतले सफाई दिएको छ ।

हत्याको आरोपमा २७ जना पक्राउ परेका थिए । पौडेलको २०६८ मंसिर २० गते हत्या भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us