पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, चालक गम्भीर

काठमाण्डु टुडे २०८२ असार ३ गते १३:२४ मा प्रकाशित

काठमाण्डू, ३ असार– पाल्पामा अण्डा बोकेको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जान गम्भीर घाइते भएका छन । दुर्घटनामा जीप धनीसमेत रहेका बगनासकाली गाउँपालिका वडानम्बर १ गाप्टुङ घर भई बुटवल उपमहानगरपालिका ११ मझुवा बस्दै आएका करिब ४६ वर्षीय विनोद ढुङ्गाना र स्याङजाको गल्याङ नगरपालिका ७ घर भई हाल रूपन्देही मझुवामा बस्दै आएका ४८ वर्षीय रेशम सुनार रहेका छन् ।

सोमबार बेलुका पूर्वखोला गाउँपालिका ५ वीरकोटस्थित आर्यभन्ज्याङ रामपुर कच्ची सडकखण्डमा आर्यभन्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु१च ६७५६ नम्बरको जीप सडकबाट खसेको थियो ।

जीप दुर्घटना हुँदा तीन जना घाइते भएका थिए । गम्भीर घाइते ढुंगानालाई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिएका छन । रेशमलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी मल्ले जानकारी दिएका छन ।

दुर्घटनामा घाइते भएका सवारी चालक बुटवल उपमहानगरपालिका–११ का ३० वर्षीय राजु खड्काको अवस्था पनि गम्भीर छ । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । अण्डा लोड गरेको जीप सडकदेखि ३०० मिटर तल खसेको थियो । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us