
काठमाण्डु – मेरी बास्सैका मुख्य पात्र मध्येका एक हुन् सुरज चापागाई बान्द्रे ।
माग्ने बुढा अर्थात केदार घिमिरेको सालाको रुपमा भूमिका निर्वाह गर्दै आएका सुरजले आफ्नै सिरियल गराउने भएका छन् ।
‘शेरेको सुर’ नामको सिरियलको तयारी पुरा भएको सुरजले बताए ।
उनका अनुसार स्थानीय टेलिभिजन र अनलाइन मार्फत यो सिरियल सार्वजनिक गरिने छ । शेरेको सुरमा हास्यव्यङग्यलाई प्राथमिकता दिइएको छ ।
शेरेको भूमिकामा सुरज आफै देखिएका छन् ।
पुराना र केही नयाँ कलाकारको भूमिका रहेको छ यो श्रृखंलामा ।
अञ्जु थापा, सम्झना आचार्य, राजु कमेडी, सुरेश थापा, यामबहादुर थापाको मुख्य भूमिका छ ।