
काठमाण्डु, १८ चैत –लोक गायिका मञ्जु महतको काजक्रिया ससुराले गरेका छन् ।
सोमवार पशुपति आर्यघाटमा अन्त्येष्टिपछि उनका ससुरा गोपाल बरालले काजक्रिया गरेको हुन् ।
श्रीमान् कमल किरणले गर्न नहुने भएपछि ससुराले गरेका हुन् ।
महतका एक छोरी र डेढ बर्षका एक छोरा छन् । गत बिहिवार जमल आउँदै गर्दा गायिका महतलाई सामाखुशी गल्कोपाखामा माइक्रोबसले ठक्कर दिएको थियो । उपचारका क्रममा महतको ग्राण्डी अस्पतालमा निधन भएको हो ।
म्यूजिक भिडियोमा अभियन समेत गर्ने महतका तीज र लोक दोहोरी गीत गरि दर्जन बढि छन् ।
बिषेश गरि स्टेज कार्यक्रममा मञ्जु महतको राम्रो दख्खल थियो ।