
काठमाण्डु, १६ चैत – कलाकार र यातायात व्यवसायीबीच वार्ता सहमतिमा टुंगिएपछि लोक गायिका मञ्जु महतको शव आफन्तले बुझ्ने भएका छन् ।
उपचार खर्च र क्षतिपूर्ति स्वरुप १२ लाख रुपैयाँमा दिने सहमति भएपछि महतको शव अस्पतालबाट निकालिने भएको हो ।
आइतवार बिहानै देखि कलाकारले क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरेका थिए ।
मृतक मञ्जुको घाइते बहिनी लक्ष्मीको उपचार खर्च, दुर्घटनमा परेको स्कुटर मर्मत, ग्राण्डी अस्पतालको खर्चलगायत गरि १२ लाख रुपैयामा सहमति भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका महासचिव रमेश बिजीले जानकारी दिए ।
उनको भोलि पशुपति आर्यघाट दाहसंस्कार गरिनेछ ।