क्षतिपूर्ति नदिएसम्म गायिका महतको शव नबुझ्ने

काठमाण्डु टुडे २०७० चैत १६ गते १:३० मा प्रकाशित

manju mahatकाठमाण्डु, १६ चैत – लोक गायिका मञ्जु महतका आफन्तलाई क्षतिपूर्ति नदिएसम्म कलाकारहरुले शव नबुझ्ने बताएका छन् ।

माइक्रो व्यवसायी समितिले क्षतिपूर्ति दिन आलटाल गरेको भन्दै कलाकारहरु आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

समितिले वार्तामा ठोस निर्णय गर्न नसक्ने प्रतिनिधि पठाएको र क्षतिपूर्ति दिन नसक्ने भनेपछि कलाकारले आन्दोलनको तयारी गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले बताए ।

हिजो रातिसम्म कलाकार र माइक्रो व्यवसायीबीच भएको वार्ता बिना निष्कर्ष टुङिगएको थियो ।

माइक्रोवसको ठक्करबाट गम्भिर घाइते भएकी महतको ग्राण्डी अस्प्तालमा उपचारका क्रममा हिजो निधन भएको थियो ।

स्कुटीमा सवार महतलाई गएको बिहिवार काठमाण्डुको गल्कोपाखामा माइक्रोबसले ठक्कर दिएको थियो ।

ठक्करबाट उनकी बहिनी लक्ष्मी महत घाइते भएकी छन् ।

लक्ष्मीको उपचार र मृतक महतको छोरोछोरीको पालनपोषणको व्यवस्था समितिले गर्नुपर्ने माग कलाकारले राख्दै आएका छन् ।

गायिका महतको शव अझै ग्राण्डी अस्पतालमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us