
मुम्बई, चैत – बलीउड नायिका कट्रीना कैफबारे पछिल्लो समय तरह–तरहका खबर सार्वजनिक भइरहेका छन् ।
कट्रीनाले आगामी वर्ष रणबीर कपूरसँग विवाह गर्न लागेको खबर बाहिर आएपनि उनले त्यसलाई अस्विकार गरेकी छिन् ।
यसबारे सञ्चारकर्मीको जिज्ञासामा कट्रीनाले आफूले रणबीरसँग विवाह गर्न लागेको भन्ने हल्लामात्र भएको बताईन् ।
‘यो अफवाह हो, उनले भनिन्, ‘मसँग अहिले धेरै प्रोजेक्टहरु छन्, यिनीहरुलाई पहिले सक्न चाहन्छु, सोही कारण कान फिल्म फेस्टिबलमासमेत जान्न ।
साथै उनले अहिलेसम्म बिबाहको कुनै प्लान नबनाएको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरिन् ।