काठमाण्डु, १५ चैत – लोक गायिका मञ्जु महतको शनिबार निधन भएको छ ।
माइक्रोबसको ठक्करबाट घाइते महतको शनिबार अपराह्न ग्राण्डी अस्पताल धापासीमा उपचारका क्रममा निधन भएको हो ।
विहीवार रेकर्डिङ्ग स्टुडियोतर्फ आउँदै गर्दा गायिका महतलाई काठमाण्डुको सामाखुशीमा माइक्रो बसले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते महतको उपचारका क्रममा निधन भएको हो । महत लामो समयदेखि लोकदोहोरीको क्षेत्रमा क्रियाशिल थिईन् ।
उनका एक छोरी र डेढ वर्षका छोरा छन् ।