
काठमाण्डु, १५ चैत – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक क्रान्तिका लागि श्रमिकको महत्वपूर्ण भूमिका हुने भन्दै श्रमिकमैत्री संविधान लेख्नुपर्ने बताएका छन् ।
नेपाल ट्रेड युनियन महासंघको छैटौँ महाधिवेशन उद्घाटन कार्यक्रममा उनले मुलुकको सामाजिक र आर्थिक रुपान्तरणका लागि योगदान पु¥याउने भएकाले श्रमिकका हक अधिकारलाई संविधानमा समावेश गर्नुपर्नेमा जोड दिए ।
मुलुकमा बन्ने सङ्घीयताले जनजाति, महिला, दलित, मधेसीदेखि लिएर सम्पूर्ण ग्रामीण क्षेत्रको हित गर्ने उनको विश्वास थियो ।
श्रमिकलाई शोषण गर्ने परिपाटीको अन्त्य गर्नुपर्नेमा जोड दिँदै नेपालले श्रमिक हितका लागि सामाजिक ऐन ल्याउनु जरुरी भएको बताए ।