
काठमाण्डु, १४ चैत – लोक तथा दोहोरी गायिका मञ्जु महतको अवस्था गम्भिर भएको छ ।
रेकर्डिङ्ग स्टुडियोतर्फ आउँदै गर्दा काठमाण्डुको गल्कोपाखामा बिहिवार उनी चढेको स्कुटरलाई माइक्रोबसले ठक्कर दिएको थियो ।
मञ्जुको काठमाण्डुको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार मञ्जुको अवस्था गम्भिर छ ।
अस्पताल पुगेका गायक पशुपति शर्माका अनुसार उपचारमा संलग्न डाक्टरले भगवानसँग प्रार्थना गर्नुहोस् मात्रै भनेका छन् ।
महतको गएराती नै देव्रे खुट्टा काटिसेकेको छ । दुर्घटनाबाट मञ्जुको टाउको, कलेजोमा असर परेको छ ।
उनको अहिलेसम्म पनि होस नआएको संगीतकार श्रीकृष्ण बम मल्लले बताए ।
मञ्जुको स्वास्थ्य लाभको कामना गर्न अस्पतालमा कलाकारको ठूलो भींड लागेको छ ।