थप दाइजो माग्ने पतिसँग सम्बन्ध विच्छेद !

काठमाण्डु टुडे २०७० चैत ११ गते ६:४६ मा प्रकाशित

राजविराज, ११ चैत – सप्तरीको कञ्चनपुर गाविस–१ घर भई राजविराज नगरपालिका–९ स्थित माइतमा बस्दै आएकी २१ वर्षीया रिणा कर्णले थप दाइजो माग्ने पतिसँगसम्बन्ध विच्छेदको माग गरेकी छन् ।

रिणाले ३४ वर्षीय पति विजयकुमार कर्णले थप दाइजो माग्दै कुटपिट गरी घर निकाला गरेको भन्दै सोमबार जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दर्ता गराएकी हुन् ।

पीडितले दिएको निवेदनमा आरोपित पतिलगायत घरपरिवारका सदस्यले थप दाइजो माग गर्दै गत वर्ष चैत २५ गते कुटपिट गरी घरनिकाला गरेकाले सम्बन्ध विच्छेदको माग गरेको अदालतले जनाएको छ ।

सामाजिक परम्पराअनुसार ०६८ असार १५ गते भएको विवाहमा आरोपितले दाइजोबापत नगद रु तीन लाख र एक लाख ५० हजारको सुनका गरगहना लिएको पीडितले निवेदनमा दाबी गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us