
काठमाण्डु, ११ चैत – राष्ट्र ऋण उठाउने विधेयक २०७० सदनबाट पारित भएको छ ।
व्यवस्थापिका–संसद्को मंगलबार बसेको बैठकले राष्ट्र ऋण उठाउने विधेयक २०७० लाई सर्वसम्मतिले पारित गरेको हो ।
अर्थमन्त्री डा रामशरण महतले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव राखेका थिए।
बैठकमा निर्वाचन सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, संविधानसभा निर्वाचन विधेयक, सपुर्दगी विधेयक, संगठित अपराध निवारण विधेयक, पारस्परिक कानुनी सहायाता विधेयक, नेपाल स्वास्थ्य सेवा चौथो संशोधन विधेयक र निजामती सेवा तेस्रो संशोधन विधेयकमाथि पनि छलफल भएको थियो ।
यसअघि सोमबार बसेको बैठकले पाँचवटा विद्येयक पारित गरेको थियो ।