जहाज दुर्घट्नाबारे चीनद्वारा आधिकारिता माग

काठमाण्डु टुडे २०७० चैत ११ गते २:२० मा प्रकाशित

Planeकाठमाण्डु, ११ चैत – मलेसिया सरकारले तीन हप्तादेखि बेपत्ता मलेसियन एयरलाईन्सको जहाज हिन्द महासागरमा दुर्घटनाग्रस्त भएको बताएपछि चीनले त्यसको आधिकारिकता माग गरेको छ ।

चीन सरकारले मलेसियन अधिकारीहरुले बेपत्ता भएको जहाजबारे पुष्टी गर्न आग्रह गरेको हो ।

धेरै जसो चीनियाँ यात्रु सवार मेलेसियन जहाज दुर्घटनाका जिम्मेवारीसमेत मलेसियाले लिनु पर्ने चीनको जिकिर छ ।

विमानमा सवार यात्रुका परिवारहरुले मलेसियाले हराईरहेको विमानबारेको तथ्य लुकाएको आरोप लगाएका छन् । यस अघि मलेसियाले हिजो हराईरहेको जहाज हिन्द महासागरमा बिलय भएको र अब कोहि पनि यात्रु जिवित नरहेको बताएको थियो ।

यात्रुका परिवारका सदस्यहरुलाई एसएमएस पठाउँदै मलेसियन अधिकारीहरुले धेरै दिन देखि हराईरहेको जहाजमा यात्रुहरु कोहि पनि जिवित नरहेको दावी गरेको थियो । उ

सले केहि घण्टाभित्रै जहाजबारे आधिकारिक धारणा सार्वजनिक गर्ने बताएपनि हालसम्म कुनै आधिकारिकता बाहिर आएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us