काठमाण्डु, ११ चैत – संविधानसभाको दोस्रो निर्वाचनमा समानुपातिक सभासद्का उम्मेदवारले एसएलसी खेताला खोजेर परीक्षा दिएका छन् ।
सभासद्का उम्मेदवार गंगा पासवानको नाममा परीक्षा दिइरहेका बीरेन पासवान पक्राउ परेका छन् ।
एसएलसीको दोस्रो दिन शुक्रवार अनिवार्य नेपाली बिषयको परीक्षा दिइरहेका बेला कर्जन्हा गाविसका वीरेन पक्राउ परको सिरहाका प्रहरी नायव उपरीक्षक रमेश तामाङले जानकारी दिए ।
पासवान सिरहाको फूलबरिया गाविसको फूलबरिया मावि परीक्षा केन्द्रबाट गंगाको नाममा परीक्षा दिदै थिए ।
सिम्बोल नम्बरको प्रवेशपत्रमा फोटो नमिलेर सोधपुछ गरेपछि सुरुमा वीरेनले आफ्नै पुरानो फोटो रहेको बताएका थिए ।
तर, पछि उनले सभासद गंगाको नाममा परीक्षा दिएको बताएका थिए ।