बाबुरामलाई मलेसियाका पूर्वप्रधानमन्त्रीको निम्तो

काठमाण्डु टुडे २०७० चैत १० गते १३:३८ मा प्रकाशित

Baburamकाठमाण्डु, १० चैत – मलेसियाका पूर्वप्रधानमन्त्री डा. महाथीर मोहम्मदले एमाओवादी नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मलेसिया भ्रमणको निम्तो दिएका छन् ।

सोमबार साँझ होटल हायातमा भएको भेटमा पूर्वप्रधानमन्त्री महाथीरले भट्टराईलाई मलेसिया भ्रमणको निम्तो दिएका हुन् ।
भेटमा दुई पूर्वप्रधानमन्त्रीबीच आर्थिक तथा राजनीतिक विषयमा कुराकानी भएको भट्टराईका सहयोगी विश्वदिप पाण्डेले जानकारी दिए ।

साथै अल्पविकसित देशको अन्तराष्ट्रिय सम्बन्ध र नेपालमा वैदेशिक लगानीका विषयमा पनि कुराकानी भएको थियो ।

सो अवसरमा पूर्वप्रधानमन्त्री महाथीरले देशको आर्थिक विकासका निम्ति सबैसँग मिलेर अघि बढ्न सुझाव दिए ।

सबै विचारभित्रका राम्रा प्रवृत्तिलाई आत्मसाथ गर्दै अघि बढेका कारण मलेसियाको आर्थिक विकास सम्भव भएको उनको भनाइ थियो । महाथीर गत शनिबार नेपाल आएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us