सत्ता सञ्चालनका लागि समन्वय समिति गठन

काठमाण्डु टुडे २०७० चैत १० गते १३:०६ मा प्रकाशित

singh durbarकाठमाण्डु, १० चैत – सत्ता सञ्चालनका लागि समन्वयात्मक भूमिका निर्वाह गर्न काँग्रेस–एमालेले एक समिति गठन गरेका छन् ।

सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले काँग्रेसबाट ४ र एमालेबाट जना रहनेगरी सरकार सञ्चालन समन्वय समिति गठन गरेका हुन् ।

समितिमा कांग्रेसकातर्फबाट प्रधानमन्त्री पार्टी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरवहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह सदस्य रहेका छन् ।

यस्तै नेकपा एमालेकातर्फबाट अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, केपी शर्मा ओली र उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम सदस्य रहेका छन् ।

समितिले सरकार सञ्चालनका क्रममा आइपर्ने कठिनाई र असमझदारीलाई सुल्झाउने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us