संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित

काठमाण्डु टुडे २०७० चैत १० गते १२:१८ मा प्रकाशित

Biccकाठमाण्डु, १० चैत – व्यवस्थापिका–संसद्को सोमबारको बैठकले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को साविकको व्यवस्था जगाउने, विधेयक , २०७०’ सर्वसम्मतिले पारित गरेको छ ।

सो विधेयक पारितका लागि प्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट कानुन, न्याय तथा संविधानसभा तथा संसदीय व्यवस्था मन्त्री नरहरि आचार्यले प्रस्ताव प्रस्तुत गरेका थिए । सो विधेयकमाथि संशोधनको कुनै सूचना भएको थिएन ।

विनियोजन विधेयक, २०७० को विभिन्न मन्त्रालयका विभिन्न शीर्षकमाथि समुहकृत छलफल भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us