
काठमाण्डु, १० चैत – त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले प्राध्यापकको वृद्वि भएको तलब पाउनुपर्नेलगायत माग राख्दै १६ दिनदेखि धर्ना तथा रिले अनसन जारी राखेको छ ।
गत साउन १ गतेदेखि वृद्वि भएको तलब पाउनुपर्ने, एक हजार तीन सय ८० दरबन्दीमा भएका अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने, स्वास्थ्य बिमा गर्नुपर्ने, परीक्षा प्रणालीमा सुधार गर्नुपर्नेलगायत १७ माग राखेर गत फागुन १ गतेदेखि साङ्केतिक रुपमा कलम बन्द गरेर त्रिवि द्वारमा धर्ना दिई आन्दोलन सुरु गरिएको हो ।